आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान छ। 

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।