मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिँदै

मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिँदै

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन्।त्यहिँ विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए।

नेपाली कांग्रेसका शाह नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ। ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। 

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ।