युक्रेनी सेना रुसको ३० किलोमिटर भित्र पसे

युक्रेनी सेना रुसको ३० किलोमिटर भित्र पसे

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। युक्रेनी सेना रुस भित्र ३० किलोमिटर भित्र पसेको छ। सिएनएन को रिपोर्ट अनुसार, फेब्रुअरी २०२२ मा युद्ध सुरु भएदेखि यो पहिलो पटक हो कि युक्रेनी सेनाले रसिया भित्र आक्रमण गरिरहेको छ।

शुक्रबारसम्म, रुसी अधिकारीहरूले युक्रेनी सीमामा कम्तिमा २५० वर्ग किलोमिटर क्षेत्र गुमाइसकेका छन्। युक्रेनी सेनाको अर्को लक्ष्य रुसी सहर सुदजा हो। सामाजिक सञ्जालमा धेरै भिडियोहरू भाइरल भएका छन् जसमा युक्रेनी सैनिकहरूले भवनहरूमा रहेको रुसी झण्डा हटाइ आफ्नो देशको झण्डा राखेका छन्।

युक्रेनी आक्रमण रोक्न रुसले सक्दो प्रयास गरिरहेको छ। रुसको रक्षा मन्त्रालयले भने कि उसको सेनाले टोलपिनो र ओब्ची कोलोड्जेको रुसी गाउँमा युक्रेनी सेनासँग लडाइँ गरेको थियो।