युक्रेनले गर्यो रूसी गाउँहरूमा कब्जा: १ हजार युक्रेनी सैनिकहरू ११ ट्यांकहरू लिएर प्रवेश

युक्रेनले गर्यो रूसी गाउँहरूमा कब्जा: १ हजार युक्रेनी सैनिकहरू ११ ट्यांकहरू लिएर प्रवेश

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। रुस र युक्रेनबीचको साढे दुई वर्ष लामो युद्धको बीचमा युक्रेनले अब रुसमा प्रवेश गरी आक्रमणलाई तिब्र बनाएको छ। युक्रेनी सेना रुसी सीमामा १० किलोमिटर भित्र पुगेको छ। टास समाचार एजेन्सीका अनुसार रुसी प्रान्त कुर्स्कका गभर्नर अलेक्सी स्मिर्नोभले आक्रमणका कारण ७६ हजार मानिस घर छाडेर गएको बताएका छन्।  

बीबीसीका अनुसार रुसमा १ हजारभन्दा बढी युक्रेनी सैनिक, २० वटा बख्तरबंद गाडी र ११ ट्याङ्क छन्। उनीहरूले धेरै गाउँहरू कब्जा गरेका छन्। उनीहरुको अबको लक्ष्य सुड्जा सहर रहेको बताइएको छ। रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनविरुद्धको यो सबैभन्दा ठूलो प्रतिआक्रमण हो।

युक्रेनले रुसी सेनाका १५ वटा गाडी ध्वस्त पारेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रुसको ओक्ट्याब्रस्को सहरमा १५ सैन्य गाडीको काफिले क्षतिग्रस्त भएको देखिन्छ। यो शहर रूसी सीमाबाट लगभग ३८ किलोमिटर टाढा छ। बीबीसीले उक्त भिडियोको पुष्टि गरेको छ। आक्रमणलाई ध्यानमा राख्दै, रुसले कुर्स्कमा धेरै ट्याङ्क र रकेट लन्चरहरू पठाएको छ। रुसी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार पहिलो पटक रुसमाथि हमला भएको स्वीकार गरेका छन्।

जेलेन्स्कीले भने, “हाम्रो सेनाले युद्धलाई रुसी भूमिमा लैजाँदैछ। उनीहरूले न्याय पुनर्स्थापना गर्दै आक्रमणकारीहरूलाई आवश्यक दबाब दिन सक्षम रहेको प्रमाणित गरेका छन्।” युक्रेनी राष्ट्रपतिले पनि सैनिकलाई धन्यवाद दिएका छन्।