जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जापानमा शक्तिशाली भूकम्प गएको छ। बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ। भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ ।

भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ। भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन ।

यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो।