एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा सवार एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ। हेलिकप्टरमा  सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ। 

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।