बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ: विदेशमन्त्री

बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ: विदेशमन्त्री

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताएका छन्।

प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उनको सो टिप्पणी आएको हो।

उनले हसिना भारतमा रहेको पुष्टि गरे। सोमबार प्रदर्शनकारीहरूले आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भागएकी थिइन्।

संसदमा विदेशमन्त्री जयशङ्करले भने, “जबसम्म कानुन र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ।”

चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ।

“पछिल्लो २४ घण्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ”, विदेशमन्त्रीले भने, “सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ।”

“धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो”, उनले भने।

भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन्। “यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ”, विदेशमन्त्री जयशङ्करले भने।

बङ्गलादेशमा छिट्टै ‘सामाजिक स्थिरत पुनःस्थापना’ हुने चीनको विश्वास यसैबिच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ।

पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ताले भने, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ।”