पहिरोमा चार घर पुरिए, एकको मृत्यु

पहिरोमा चार घर पुरिए, एकको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा (बागलुङ)। बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ। भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ। ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले बताए।