वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। जसमध्ये १ सय ८१ जनाको मात्रै शव फेला परेको थियो। १८० जना अझै बेपत्ता छन्। खोज अभियानको आज (अगस्ट ६) आठौं दिन हो।

उद्धार टोलीले आज सोचीपाराको सनराइज भ्याली क्षेत्रमा खोजी गर्नेछ। त्यो यस्तो दुर्गम क्षेत्र हो, जहाँ अहिलेसम्म उद्धार कार्य भएको थिएन। वायुसेनाको हेलिकप्टरबाट टोली यहाँ पुग्नेछ। प्रभावित क्षेत्रलाई ६ जोनमा विभाजन गरी खोजी कार्य भइरहेको छ।

त्यहाँ पुथुमालामा पहिरोमा परी मृत्यु भएका २९ अपरिचित व्यक्ति र १५४ जनाको सोमबार राति सामुहिक दाहसंस्कार गरिएको छ। उनिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज मंगलबार सर्वधर्म प्रार्थनाको आयोजना गरिएको छ।

वायनाडमा, मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँहरूमा २९-३० जुलाई बिहान २ बजे र ४ बजे पहिरो गएको थियो। घर, पुल, सडक र सवारी साधनहरु बगेका छन्।