बंगलादेशमा आन्दोलन: प्रधानमन्त्री शेख हसिनाले छोडिन् निवास

बंगलादेशमा आन्दोलन: प्रधानमन्त्री शेख हसिनाले छोडिन् निवास

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका। बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ। हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। यसैबीच, प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाड्ने दाबी भइरहेको छ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका दरबार छोडेर सुरक्षित स्थानमा सरेको जनाएको छ। केही सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना र उनकी बहिनी रेहानाले देश छोडेर सैन्य हेलिकप्टरबाट भारत पुगेका दाबी गरिरहेका छन्। उनको राजिनामाको खबर पनि छ, यद्यपि यसको पुष्टि भने भइसकेको छैन।

बंगलादेशी पत्रिकाका अनुसार धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। जसमा ६ जनाभन्दा बढीको मृत्यु भएको छ।आन्दोलनकारीले टङ्गाइल र ढाकाका महत्वपूर्ण राजमार्गहरू कब्जा गरेका छन्। करिब ४ लाख जनता हसिना सरकारविरुद्ध सडकमा उत्रिएका समाचारमा जनाइएको छ।