बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन: ९७ जनाको मृत्यु

बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन: ९७ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका। बंगलादेशमा आरक्षण विरुद्धको आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ। आइतबार हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्दै सडकमा उत्रिएका थिए। यस अवधिमा उनीहरु र प्रहरीबीच धेरै ठाउँमा हिंसात्मक झडप समेत भएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार ९७ जनाको मृत्यु भएको छ। यससँगै ५ सयभन्दा बढी घाइते भएको बताइएको छ। हिंसा नियन्त्रणका लागि सरकारले देशभर कर्फ्यू लगाएको छ। साथै आगामी ३ दिन बिदा समेत घोषणा गरिएको छ।

योसँगै बंगलादेशमा आरक्षण विरोधी प्रदर्शनमा मारिनेको संख्या ३ हप्तामा ३ सय नाघेको छ। गत महिना भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भएको थियो।

यसबाहेक नरसिङदी जिल्लामा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगका ६ जना कार्यकर्ताको भीडले लाठी हानेर हत्या गरेको थियो। रिपोर्टहरूका अनुसार प्रदर्शनकारीहरूले दिउँसो जुलुस निकालेका थिए जसले अवामी लिगका कार्यकर्ताहरूलाई आक्रोशित बनाएको थियो।

उनीहरुले आन्दोलनकारीमाथि गोली चलाउँदा ४ जना घाइते भएका छन्। यसबाट आक्रोशित प्रदर्शनकारीले जवाफी कारबाही गरेका थिए। अवामी लिगका कार्यकर्ताहरु डराएर मस्जिदमा लुके, जहाँबाट उनीहरुलाई निकालेर कुटपिट गरी ६ कार्यकर्ताको मृत्यु भएको थियो।