वायनाड पहिरो: हालसम्म ३१३ जनाको मृत्यु, २०६ जना अझै बेपत्ता

वायनाड पहिरो: हालसम्म ३१३ जनाको मृत्यु, २०६ जना अझै बेपत्ता

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। केरलको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ। १३० जना अस्पतालमा छन् भने दुर्घटना भएको चार दिन बितिसक्दा पनि २०६ जना बेपत्ता छन्। जल तथा मौसम विज्ञान विभागले आज (अगस्ट २) यहाँ वर्षाको ओरेन्ज चेतावनी जारी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि बिहीबार राति भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भने, ‘हामी यो कठिन समयमा भारतको साथमा छौं। हामी उद्धारमा संलग्न व्यक्तिहरूको प्रशंसा गर्दछौं।’ अर्कोतर्फ, बिहीबार वायनाड पुगेका राहुल गान्धी र प्रियंका गान्धीले पनि आज यहाँ पीडितहरूलाई भेट्ने छन्।

जुलाई २९-३० मा मध्यरातमा मुण्डक्कै, चुरामाला, अट्टामाला र नूलपुझा गाउँमा पहिरो गएको थियो। घर, पुल, सडक र सवारी साधनहरु बगेका छन्। सेनाका जनरल कमाण्डिङ अफिसर मेजर जनरल भिटी म्याथ्युले उद्धार कार्य पूरा भएको जानकारी दिए। अहिले शव खोज्ने काम मात्र भइरहेको छ।

प्रभावित क्षेत्रलाई ६ जोनमा विभाजन गरी १० टोलीले खोजी कार्य गरिरहेका छन्। केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले शुक्रबार भने, ‘मेप्पडीको चुरमला र मुन्डक्काईमा उद्धार कार्य जारी छ। बिहान ७ बजेदेखि उद्धार टोली र कुकुर टोलीले बेपत्ता व्यक्ति र शवको खोजी कार्य गरिरहेको छ। यसमा सशस्त्र बल र प्रहरीको १०/३० जना सदस्य रहेको टोली समावेश छ। पहिरो क्षेत्रलाई ६ जोनमा विभाजन गरिएको छ। यसमा पुन्चिरिमाट्टम, मुन्डेकाई, विद्यालय, चुररामला सहर, ग्रामीण र डाउनस्ट्रीम क्षेत्रहरू समावेश छन्।’