पहिरोमा परी ११ जनाको मृत्यु

पहिरोमा परी ११ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साङ्घाई। मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले जनाएको छ। 

आधिकारिक प्रसारणकर्ता सिसिटिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो। आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ। घटनास्थलमा दुई सय ४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्दार कार्य जारी रहेको सिसिटिभीले समाचारमा उल्लेख गरेको छ।  

यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो। मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो।