पशुपतिमा जारी कोटीहोम : अध्यात्मबाट विश्वलाई जोड्दै नेपाली चेली ‘प्रतिभा पराजुली’

पशुपतिमा जारी कोटीहोम : अध्यात्मबाट विश्वलाई जोड्दै नेपाली चेली ‘प्रतिभा पराजुली’

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ , पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ ।

यस कोटीहोममा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त ५ जना कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा राधिका दाशी, पं.दीनबन्धु पोखरेल र देवी प्रतिभा पनि रहेका छन् । यी मध्ये काभ्रे जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी छिन् प्रतिभा पराजुली अर्थात् देवी प्रतिभाले ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा जन्मिएकी प्रतिभा पराजुली सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढिन् । बुवा साधुराम पराजुली र आमा इन्दिरा पराजुलीकी माइली छोरी हुन् उनी । २३ वर्षको उमेरमै उनी अहिले यति धेरै व्यस्त छिन् की उनको कथा सुन्नका लागि समय मिलाउनै कठिन छ । अहिले उनले २०२६ सम्म आफ्नो समय तालिका मिलाइसकेकी छिन् । सामाजिक संजाल फेसबुक र युट्युवमा उनलाई पछ्याउनेहरु लाखौं छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् ।