गुरु पुर्णिमाको खास महत्व यस्तो छ ( भीडियो )

गुरु पुर्णिमाको खास महत्व यस्तो छ ( भीडियो )

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

“अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ” आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । व्यास ऋषि चारै बेदहरुको व्याख्याता हुन् । उनले वेदको ज्ञान प्रदान गरेका थिए । यिनै बेदका रचियता एव व्याख्याताको आदिगुरु ब्यास ऋषिको अंश स्वरूप आफ्ना गुरुहरुलाई मान्दै गुरु पुर्णिमाका दिन पुजा एव दान –दक्षिणा प्रदान गर्ने गरिन्छ । हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिईएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरु पुर्णिमाको महत्व बिशेष रहेको हो । जीवनमा गुरुको महत्व धेरै रहन्छ । ‘गु’ को अर्थ हुन्छ अंधकार (अज्ञान) एवं ‘रु’ को अर्थ हुन्छ प्रकाश (ज्ञान)। गुरुले अज्ञान रूपी अंधकारबाट ज्ञान रूपी प्रकाश को तर्फ लिएर जाने हुदा भावी जीवनको निर्माणमा गुरू द्वारा नै मार्गदर्शन हुने भएकोले गुरु जीवनमा अपरिहार्य हुन्छ । गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान गर्ने गरिन्छ । यस अवसरमा बिध्यालयहरु र आश्रमहरुमा गुरुहरुका लागि पूजा-पाठ गर्न विशेष कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यस दिनमा विभिन्न क्षेत्रमा आफुलाई शिक्षा दिने तथा महत्वपूर्ण योगदान दिने वाला गुरु एव विभूतिहरुलाई सम्मानित गर्ने गरिन्छ । यस दिन गुरुको नामबाट दान-पुण्य गर्ने प्रचलन पनि छ । मनु स्मृतिका अनुसार, केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन । जीवनमा जसले सहि मार्गदर्शन गर्दछन् उ जो कोहि भए पनि उसलाई गुरु समान सम्झनु पर्दछ ।