वि. सं २०८१ साउन ६ गते आइतबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ साउन ६ गते आइतबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ साउन ६ गते आइतबारको को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ साउन ६ गते आइतबार । इ सं 21 july 2024 सुर्य दक्षिणायन। वर्षा ऋतु कालयुक्त नामक संवत्सर ।आषाढ शुक्लपक्ष पुर्णिमा तिथि । उ.फा. नक्षत्र ।विष्कुम्भ योग । बालव करण । चन्द्रमा पुर्व दिशामा।पँहेलो रंगका।धनु राशिमा विहान ८:१७ बजे सम्म त्यसपछी दक्षिण दिशामा।काला रंगका।मकर राशिमा।योगिनी वायव्य दिशामा।सुर्योदय बिहान ५:२२बजे। सुर्यास्त बेलुका ६:५९ बजे । आज विहान ८:१७ बजेसम्म जन्मने शिशु धनु राशिको हुन्छ त्यसपछी मकर राशी । आज गुरु पुर्णिमा । व्यास जयन्ती ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


मानसिक असान्तिका विच दिन वित्नेछ।शत्रुहरुले खर्छ गराउन सक्छ्न।व्यपारमा राम्रो मुनाफा नहोला। पारिवारिक सहयोगमा काम बन्नेछ । कुलदेवीको स्मरण पुर्वक कार्य आरम्भ गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


बहुआयामिक क्षेत्रबाट आय आर्जन हुनेछ। भाग्यले साथ दिनेछ। खेलकुद प्रशासन सैन्य तथा भुगर्भ सम्बन्धि क्षेत्र फलिभुत हुनेछन् ।पुर्व निर्धारित यात्रा स्थगित गर्नुपर्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


समय राम्रो छ। चिताएका कामहरु पूरा होलान। वाणिमा संयमता अपनाउनु होला। कृषि तथा पशुपालन ब्यवसायीहरुको लागि उन्नती हुनेछ ।छाला तथा टाउको सम्बन्धि स्वास्थ्य समस्या हुनसक्छ । गणेश जि को स्मरण पुर्वक दिनको आरम्भ गर्नु शुभ मानिन्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )


मिश्रित फलदाता दिन छ। विपरित लिङ्गका मित्रहरुसँग सहकार्य गरि काम गरेको राम्रो। शत्रुबाट जोगिएर चल्नुहोला। गाडी बाहन निजि साधनबाट चोटपटकको सम्भावना रहन्छ।प्रसासनिक काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


छैटौं चन्द्र अष्टम राहु र बार्हौं शुक्र सुर्य भएको कारण झुटा आरोपहरु लाग्ने। काममा ढिला सुस्ति हुनसक्ने हुनसक्छ। वैदेशिक क्षेत्रबाट मात्र आय आर्जनको व्यवस्था हुनसक्छ।प्रसासनिक सहयोगमा जित तपाईंको नै हुनेछ । गणेशको प्रार्थना गरेर दिनको शुरुवात गर्नुहोस।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नम: यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


सरकारी कर्मचारी न्याय क्षेत्र र प्रशासन क्षेत्रमा मान सम्मान मिल्नेछ। निजी कार्य तथा व्यपार व्यवसायबाट घाटा हुनसक्छ ।वैदेशिक यात्राका लागि गरिएको पहल सफल हुनेछ। शुभ अंक४ शुभ रंग गुलावी शुभ दिशा उत्तर

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


यात्रा गर्दा गर्दै दिन बित्न सक्छ। विशिष्ट पाहुनाहरुसँग भेटघाट होला। आर्थिक तथा राजनैतिक चर्चा अवसर र फाइदाको परिचर्चा होला। मनोरञ्जनको क्षेत्रमा खर्च हुनसक्छ।शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल प्राप्त होला। ॐ कुलदेव्यै नम: यो मन्त्रको जप गर्नुहोस परिवारमा थप शान्ति बढ्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


तपाँइको आज वैदेशिक क्षेत्र निक्कै फलदायी रहेको छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छ्न। वाणिमा भने संयमता अपनाएकै राम्रो ।मजदुर वर्गले आफ्नो हितमा कार्य प्रतिफल भएको पाउनु हुनेछ।