बंगलादेशमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

बंगलादेशमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। बंगलादेशमा हजारौं विद्यार्थी आरक्षण खारेजीको माग गर्दै सडकमा उत्रिएका छन्। यो प्रदर्शनले अहिले हिंसात्मक रुप लिएको छ। प्रहरीसँगको झडपमा ६ जनाको मृत्यु भएको छ। सोही क्रममा ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ।

बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार राजधानी ढाकामा बुधबार साँझ प्रदर्शनका क्रममा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपमा एक बालकसहित ६ जना घाइते भएका छन्। स्थिति यति नाजुक बनेको छ कि ढाकासहित बंगलादेशका विभिन्न सहरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बिहीबार देशव्यापी बन्दभए पनि आपतकालीन सेवाहरू जारी रहनेछ। आन्दोलनरत विद्यार्थीहरुले बिहीबार देशव्यापी बन्दको घोषणा गरेका छन्। विद्यार्थी आन्दोलनका नेताहरुले बिहीबार अस्पताल र आकस्मिक सेवाबाहेक सबै बन्द रहने बताएका छन्। यस अवधिमा एम्बुलेन्स सेवालाई मात्र सडकमा जान दिइनेछ।