वि. सं २०८१ साउन ३ गते विहीबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ साउन ३ गते विहीबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ साउन ३ गते विहीबारको को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


काममा व्यस्त हुनुपरे पनि लक्ष्य हासिल हुनाले मन फुरुङ्ङ हुनेछ।वर्गोत्तम चन्द्रमाको कारण वैदेशिक यात्रा र शैक्षिक यात्रा फलदायी हुनेछन् ।तृतिय शुक्र भएकोले कृषि र वाणिज्य क्षेत्रमा लगानी गर्दा फाइदा हुने दिन छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


आज स्वास्थ्य समस्याले सताउला जस्तो छ। आर्थिक नोक्सानीको योग परेको हुनाले आज कुनै पनि कारोबारमा लगानी नगरेकै राम्रो । भाग्यको भर पर्दा बन्न लागेको काम पनि विग्रन सक्छ। सुर्य एवं शनिको उपासना गर्नु जरुरी देखिन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


ग्रह गोचर उति अनुकुल हुन सकेका छैनन। अनावश्यक यात्रा गर्नुपर्ने हुनसक्छ। आर्थिक समस्या पर्न सक्छ। पारिवारिक सहयोगको आवश्यकता देखिन्छ।पुराना मंगोलियन मित्रहरूसँग सहकार्य गरि अगाडि बढेमा फाइदा होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )


सामान्य दिनचर्यामै दिन बित्नेछ लग्नेश अष्टम भावमा भएकोले निर्णायक भुमिकाको खाँचो पर्नेछ। पारिवारिक झन्झटको सामना गर्नुपर्ला।अनावश्यक वाद विवाद बाट बच्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


समय राम्रै छ। कार्यक्षेत्र प्रगतिमुलक नै छ। जागिर एवं व्यापारका नयाँ क्षेत्रहरु खुल्नेछ्न। आज कुनै नयाँ सम्बन्धको पनि सुत्रपात हुनसक्छ।पुर्वार्धको अपेक्षा उत्तरार्ध राम्रो छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । अष्टम मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


व्यर्थमा दिन बित्नेछ।मनमा तर्क वितर्क चलिरहला।पारिवारिक असहयोगले खिन्नता बढ्ला शनि एवं हनुमानको उपासनागर्नु उचित देखिन्छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


आजको समय राम्रो छ। लग्नेश मालिक मंगल विपरीत राजयोग कारक भएर बसेको छ। आय आर्जनका बाटाहरु खुल्ने छ्न। जलिय कारोबारमा लगानी गर्दा राम्रो हुन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आज तपाँइको राशिको स्वामी गुरु छैटौं र चन्द्रमा पराक्रम भावमा भएकोले आर्थिक व्यवसायिक एवं शैक्षिक प्रगती गराउने दिन रहेको छ।विध्युत सम्बन्धी दुर्घटनाबाट भने सचेत रहनुहोला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


द्वितीय चन्द्रमा र चतुर्थ मंगलको कारण आजको दिन मंगलकारक रहेको छ।घर परिवारसँग मनोरञ्जन र आनन्दको साथ समय विताउन पाइन्छ । शैक्षिक सफलताका खातिर वैदेशिक यात्राको सुत्रपात हुनसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


दिनको सुरुवात आज त्यति रमाइलो नहुन सक्छ। नसोचेको अपजस बेहोर्नु पर्ला। गणेशको कृपाद्वारा मात्र काम बन्नेछ। दिउँसो४:३४ बजे पछि भने पुरानो लगानीबाट राम्रै आय आर्जन हुनसक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।