वि. सं २०८१ साउन २ गते बुधबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ साउन २ गते बुधबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ साउन २ गते बुधबारको को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


दिन सामान्य खालको छ। पारिवारिक स्वास्थ्यले गर्दा आर्थिक तथा मानसिक प्रभाव पर्न सक्छ। आर्थिक कार्यक्षेत्रमा शत्रु वर्गको हस्तक्षेप होला कि? वैदेशिक कार्यक्षेत्र भने प्रगतिमुलक देखिन्छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


शारीरिक बलले भन्दा बौद्धिक तथा मनोबल द्वारा कार्यसम्पादन गर्न जरुरी देखिन्छ। काममा बाधा गर्नेहरु सकृय भएर लागेका देखिन्छन् ।घर परिवारको साथ र सहयोग तपाँइले पाउनुहुनेछ।ठेकापट्टा र निर्माण व्यवसायीहरुलाइ शनि र मंगलको प्रभावले प्रगती गराउँंछ। वैदेशिक कार्यहरु भने आज अधुरै रहनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


व्यक्तिगत हिसाबमा ग्रह गोचर सबल भए पनि पारिवारिक कारण आर्थिक व्यय एवं अनावश्यको झन्झटको सामना गर्नुपर्ने हुनसक्छ ।व्यपार व्यवसायमा नोक्सानीको सामना गर्नुपर्ने। प्रशासनिक एवं सरकारी काममा भने उच्च ओहोदाको व्यक्तिको साथ र सहयोग रहने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )


दैनिक ग्रह गोचर राम्रै छ।राहु ग्रसित चन्द्रमाको कारण शारीरिक दुर्वलता सम्भव छ।सन्तान पक्षबाट सन्तोष मिल्नेछ।व्यक्तिगत कारोबारबाट फाइदा हुनेछ ।प्रसासनिक तथा न्यायको क्षेत्रमा कुटुम्बको सहयोग अपेक्षित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


आज व्यस्तताको साथमा दिन बित्नेछ।पारिवारिक सहयोगमा काम बन्नेछ। निर्माण सामाग्री फलाम सम्बन्धी काम गर्दा फाइदा हुन्छ। विद्यार्थी वर्गले गणेशको पुजा गरि शैक्षिक सफलता प्राप्त गर्नुहोस् ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । अष्टम मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


दिन राम्रै छ। मान्यवरको आशीर्वाद बाट कार्य सफल हुनेछ।दाजुभाइ दिदीबहिनीको सहकार्यमा गरेको कामबाट सफलता मिल्नेछ ।लामो समय सम्पर्क विहिन बनेको आफन्तसँग सम्पर्क स्थापित हुनसक्छ ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


समय राम्रै छ। शनीको शान्ति हनुमान चालिसा पाठले सफलता मिल्नेछ।चतुर्थ स्वगृही वक्री शनि र पंचम चन्द्रको कारण व्यक्तिगत निर्णय एकदम सकारात्मक छ।आफ्नो निर्णयमा गरिएको कामबाट सफलता मिल्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


समय राम्रै छ। वैदेशिक कार्यमा सफलता। विद्यामा मध्यम सफलता।पति पत्नीमा भने वैचारिक विभेद सम्भव देखिन्छ। न्यायिक पक्ष फितलो। वैयक्तिक प्रभावमा कार्य सम्पादन गर्नुपर्ने।देव्यै नम: यो मन्त्रको 21 पटक जप गरेर आजको दिनारम्भ गर्नु फाइदा होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


समय राम्रो चलिरहेको छ। मित्र वर्गको सहयोग मिल्नेछ। जलिय कारोवारबाट फाइदा पुग्ने देखिन्छ ।आर्थिक पक्ष सकारात्मक रहे पनि आँखा सम्बन्धि समस्याले सताउन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


व्यस्तताको बबजुद दिन वित्नेछ। निजि क्षेत्रमा लगानी गर्दा फाइदा हुने देखिन्छ। खर्चमा वृद्धि भएपनी मानसम्मान प्राप्त हुनेछ। सन्तान वर्ग सँग सहकार्य गरि गरेको कामले अर्थमुलक गति लिनेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ।