सडक दुर्घटनामा १७ जनाको मृत्यु, ३४ घाइते

सडक दुर्घटनामा १७ जनाको मृत्यु, ३४ घाइते

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान। अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्। मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए। 

मङ्गलबार बिहान खिन्जान जिल्लामा लापरवाहीपूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन्। उनीहरुका अनुसार महिला र बालबालिकासहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए।