वि. सं २०८१ साउन १गते मंगलबाररको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ साउन १गते मंगलबाररको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ साउन १गते मंगलबार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ साउन १गते मंगलबार । इ सं 16 july 2024 सुर्य दक्षिणायन आरम्भ। वर्षा ऋतु आरम्भ। कालयुक्त नामक संवत्सर ।आषाढ शुक्लपक्ष दशमी तिथि । विशाखा नक्षत्र ।साध्य योग।तैतिल करण। चन्द्रमा पश्चिम दिशामा।सेता रंगका।तुला राशिमा।योगिनी उत्तर दिशामा।सुर्योदय बिहान ५:२० बजे। सुर्यास्त बेलुका ६:५९बजे।आज दिनभरी रातभरी जन्मने शिशु तुला राशिको हुन्छ। आज साउने संक्रान्ती, लुतो फाल्ने दिन।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


दशम चन्द्रमाले भाग्य बलियो रहने। धर्ममा मन जाने एवं धार्मिक यात्रा हुने। कार्य सिद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला। शत्रु परास्त हुनेछ्न।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


स्वास्थ्यको ख्याल गर्नुहोला। मन असान्त रहन्छ। कष्ट रोग घाटा आकस्मिक संकटको भय् रहन्छ। हनुमान चालिसाको पाठ गर्नु। स्वास्थ्यको ख्याल गर्नुहोला। मन असान्त रहन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


समय राम्रो।दाम्पत्य प्रेम ।सहकार्यमा कार्य सिद्धि। स्वास्थ्य लाभ।व्यापारबाट अर्थलाभ। मनोरञ्जनात्मक यात्राको योग परेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )


समय राम्रो।धन र स्वास्थ्य लाभका साथै शुख प्राप्ती।शत्रुमाथी विजय हासिल हुनेछ। प्रेम र वैवाहिक सम्बन्ध सफल हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


रचनात्मक कार्यमा मन जानेछ। विध्या र पढाइमा सफलता। मन प्रसन्न रहने। बैदेशिक कार्यक्षेत्र सफल रहला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


समय सामान्य छ।
बादविवाद हुनसक्छ।
धनलाभ एवं यात्राको योग परेको छ।
सन्तानले गरेको प्रगतिले मन खुसी रहला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


अर्थालाभ एवं सुख प्राप्ती होला। आफन्त मित्रजनको सहयोग मिल्ला। रोकिएका काम बन्लान।वस्त्रलाभ आभुषण प्राप्त होला।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


चन्द्रमाको प्रभावले बाणिमा प्रभाव एवं मधुरता।मधुर भोजन प्राप्तिको योग। पारिवारिक एकता एवं सद्भाव बढ्ने।कार्यक्षेत्रमा भाग्यले साथ दिने।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


समय राम्रै। व्यर्थको परिश्रम गर्नुपर्ने। आय र व्ययको सन्तुलन रहने। नेत्र विकार सम्बन्धी स्वास्थ्य समस्या हुनसक्ने।संचित धनमा शत्रुको नजर रहने। प्रशासनिक सहयोग प्राप्त हुने। वाणीमा संयमता अपनाएको राम्रो जग्गा जमिन तथा वैंकिङ लगानीले प्रगतिको गति लिने।इष्ट देवता हनुमान।शुभ दिशा पश्चिम। शुभ रंग सिन्दुरे।शुभ अंक ४

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


समय राम्रो। गुमेको सम्पत्ती हात लाग्ने । आर्थिक लगानी नगर्नुहोस नोक्सान हुनसक्छ। गुप्त शत्रुबाट सचेत रहनुपर्ने ।विदेशी मित्रहरुसँग सहकार्य गर्ने मौका मिल्ने। संतानको कारण लज्जा बोध होला।गैरसरकारी निकायमा काम गर्ने मौका मिल्न सक्छ। इष्ट देवता कुबेर शुभ दिशा उत्तर शुभ रंग सेतो शुभ अंक ३

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


प्रगतिकारक दिन।सन्तानको कारण मानसम्मान प्राप्ति ।उद्योग कल कारखानामा लगानी गर्नुपर्ने। लगानीले मुनाफाको गति लिने।राजनीति नोक्सान कारक हुनसक्ने। पति पत्नीमा झगडाको स्थिती हुनसक्ने। विपरित लिङ्गका मित्रहरुबाट सचेत रहनुपर्ने। नोकरी चिट्ठा तथा अकस्मात धन प्राप्तिको योग इष्ट देवता कुलदेवता शुभ दिशा दक्षिण शुभ रंग खराने शुभ अंक ७

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।शुभ अंक ५ शुभ दिशा पुर्व शुभ रंग सिमृक इष्ट देवता कुलायन।