वि. सं २०८१ असार ३० गते आइतबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार ३० गते आइतबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार ३० गते आइतबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार ३० गते आइतबार । इ सं 14 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर ।आषाढ शुक्लपक्ष अष्टमी तिथि दिउसो ०२:२७ बजे सम्म त्यसपछी नवमी तिथि । चित्रा नक्षत्र ।शिव योग।बव करण। चन्द्रमा दक्षिण दिशामा ।कालो रंगका ।कन्या राशिमा विहान ७:०२ बजे सम्म त्यसपछी पश्चिम दिशामा।सेता रंगका।तुला राशिमा।योगिनी इशान दिशामा दिउसो ०२:२७ बजे सम्म त्यसपछी पुर्व दिशामा।सुर्योदय५:१९ बजे विहान। सुर्यास्त ७:००बजे बेलुकाआज बिहान ७:०२ बजे भित्र जन्मने शिशु कन्या राशिको हुन्छ। त्यसपछी दिनभरी रातभरी जन्मने शिशु तुला राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


लग्नमा चन्द्रमा हुनाले दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती हुनसक्छ।जोर्नि तथा नसा सम्बन्धी समस्या शनि ग्रहको कारन संभव छ। आत्मिय मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ सितला देव्यै नम :यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।स्वगृहि मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


समय रामो छ।लग्नेश मंगल स्वगृहि हुनाले राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुको परियोजनात्मक कार्य भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ। उद्योगी मित्रहरुले गौरवशाली योजनामा लगानी गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा प्रसासनको हस्तक्षेप हुनसक्छ।पारिवारिक स्वास्थ्य समस्या हुनालेखिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


प्रगतिशील समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ।ॐ गं गणपतये नम: यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला काम बन्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि आफ्नो कलाकौसल र प्रतिभा प्रदर्शन गर्ने मौका मिल्नेछ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज।दुर्घटना तथा चोटपटकबाट सावधान रहनु होला।