वि. सं २०८१ असार २९गते शनिबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २९गते शनिबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार २९गते शनिबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१असार २९गते शनिबार ।इ सं 13 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष सप्तमी तिथि दिउसो१२:३४बजे सम्म त्यसपछी अष्टमी तिथि । हस्ता नक्षत्र ।शिव योग।वणिज करण। चन्द्रमा दक्षिण दिशामा ।कालो रंगका ।कन्या राशिमा।योगिनी वायव्य दिशामा दिउसो१२:३४ बजे सम्म त्यसपछी इशान दिशामा।सुर्योदय५:१८ बजे विहान। सुर्यास्त ७:००बजे बेलुकाआज दिनभरी रातभरी जन्मने शिशु कन्या राशिको हुन्छ। आज सुर्य सप्तमी। भानु जयन्ती।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

समय राम्रो छ। चिताएका कामहरु पूरा होलान। बाणिमा संयमता अपनाउनु होला। कृषि तथा पशुपालन ब्यवसायीहरुको लागि उन्नती हुनेछ ।स्वास्थ्यमा सामान्री गडबढी हुनसक्छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


लग्नमा चन्द्रमा हुनाले दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

हुआयामिक क्षेत्रबाट आय आर्जन हुनेछ। भाग्यले साथ दिनेछ। खेलकुद प्रशासन सैन्य तथा भुगर्भ सम्बन्धि क्षेत्र फलिभुत हुनेछन् ।पुर्व निर्धारित यात्रा स्थगित गर्नुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


सरकारी कर्मचारी न्याय क्षेत्र र प्रशासन क्षेत्रमा मान सम्मान मिल्नेछ। निजी कार्य तथा व्यपार व्यवसायबाट घाटा हुनसक्छ ।वैदेशिक यात्राका लागि गरिएको पहल सफल हुनेछ। शुभ अंक४ शुभ रंग गुलावी शुभ दिशा उत्तर

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


अष्टम लग्नेष र बार्हौं चन्द्रमाको कारण झुटा आरोपहरु लाग्ने। काममा ढिला सुस्ति हुनसक्ने हुनसक्छ। वैदेशिक क्षेत्रबाट मात्र आय आर्जनको व्यवस्था हुनसक्छ।प्रसासनिक सहयोगमा जित तपाईंको नै हुनेछ । गणेशको प्रार्थना गरेर दिनको शुरुवात गर्नुहोस।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


सामान्य तवरले दिन बित्ने देखिन्छ।
काममा ढिलासुस्ती र अल्झन कायमै रहला।
छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ।
पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ।
ॐ घृणी सुर्याय नम: यो मन्त्रको २१ पटक जाप गरि दिनको
आरम्भ गर्नु राम्रो हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला।
विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।
प्रसासनिक झमेला नहोला भन्न मिल्दैन।
दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


तपाँइको आज वैदेशिक क्षेत्र निक्कै फलदायी रहेको छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छ्न। वाणिमा भने संयमता अपनाएकै राम्रो ।मजदुर वर्गले आफ्नो हितमा कार्य प्रतिफल भएको पाउनु हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


यात्रा गर्दा गर्दै दिन बित्न सक्छ। विशिष्ट पाहुनाहरुसँग भेटघाट होला। आर्थिक तथा राजनैतिक चर्चा अवसर र फाइदाको परिचर्चा होला। मनोरञ्जनको क्षेत्रमा खर्च हुनसक्छ।शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल प्राप्त होला। ॐ कुलदेव्यै नम: यो मन्त्रको जप गर्नुहोस परिवारम थप शान्ति बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।