काठमाडौँ महानगरका लागि ३० जना हेबी सवारी चालकको माग,आवेदन कहाँ  दिने ?

काठमाडौँ महानगरका लागि ३० जना हेबी सवारी चालकको माग,आवेदन कहाँ  दिने ?

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३० जना हेबी सवारी चालकको माग गरेको छ। उनीहरूलाई करारमा नियुक्ति गर्ने गरी माग गरिएको महानगरको सूचनामा उल्लेख छ।

आवश्यक योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।