वि. सं २०८१ असार २७ गते बिहिबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २७ गते बिहिबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार २७ गते बिहिबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २७ गते बिहिबार । इ सं 11 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष पंचमी तिथि बिहान ०८:३६ बजे सम्म त्यसपछी षष्टी तिथी।पु. फा.नक्षत्र ।वरियान योग।बालव करण। चन्द्रमा पुर्व दिशामा।रातो रंगका। सिंह राशिमा बेलुका ७:१३ बजे सम्म त्यसपछी दक्षिण दिशामा कालो रंगका कन्या राशिमा।योगिनी पश्चिम दिशामा ८:३६सम्म त्यसपछी पश्चिम दिशामा।सुर्योदय ५:१७ मा सुर्यास्त ७:०१ बजे । आज बेलुका ७:१३ बजे भित्र जन्मने शिशु सिंह राशिको हुन्छ त्यसपछी जन्मने शिशु कन्या राशिको हुन्छ। आज विश्व जनसंख्या दिवस ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

व्यस्तताका बाबजुद दिन बित्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछ्न। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सन्तान र परिवारको लागि खर्च गर्नुपर्ने हुनसक्छ ।भाग्यले राम्रै साथ दिएको अवस्था हो ।सारा कार्यहरु दिनको उत्तरार्धमा फलिभुत हुनेछन्

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज उत्साहले भरिएको दिन छ। द्वितीय चन्द्रमाले सोचेको कामलाई पुर्ण गराउनेछ । मंगल ग्रह दशम भावमा स्वगृहि भएकोले खेलकुद राजनीति र प्रशासन सम्बन्धि काम गर्ने महानुभावको भाग्य उन्नति हुनेछ संचित धनलाइ सामाजिकआर्थिक क्षेत्रमा उपयोग गर्नुहोला शुभ अंक ४ शुभ दिशा पुर्व शुभ रंग रातो

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


आज दिनभर व्यस्त एवं तनावपुर्ण नै हुनसक्छ।प्रतिकुल भाग्य र पारिवारिक असहयोगले मन भारी हुनसक्छ। अपरान्ह पछाडी चन्द्रमाको मंगलस्ँगको अनुकुल सम्बन्धले प्रशासन आफ्नु अनुकुल भएको पाउनुहुनेछ। साथीभाइको सहयोग पनि उत्तिकै रहन्छ। ॐ घृणी सुर्याय नम यो मन्त्रको ७ पटक जप गरेर दिनको आरम्भ गर्नुहोस सफल हुनुहुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


आज दिन व्यर्थैमा वित्न सक्छ। स्वास्थ्य समस्या पर्न सक्छ। काममा शत्रुको अवरोध हुन सक्छ।प्रसासनिक पक्ष्य फितलो हुनाले अपयसको सिकार हुनुपर्ला।संकट मोचन हनुमान अष्टक पाठ गर्न सकेमा फाइदा हुनेछ

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


आजको दिन आय आर्जनको दिन रहेको छ ।व्यपार व्यवसाय फस्टाउने, राजकीय पदवी , मानसम्मान मिल्ने,लगानिका नयाँ क्षेत्रहरू मिल्ने अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


भाग्यले साथ दिए पनि मन चन्चल हुनाले काम बिग्रन सक्छ।लग्नेष मंगल ग्रहको प्रभावले स्थानान्तरण गराउन सक्छ।आफन्त दाजुभाइ दिदीबहिनीबाट आर्थिक लाभ मिल्नेछ। मजदुर तथा कृषक वर्गको भलाइमा राजकिय कार्य सम्पादन हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


दिन राम्रै छ। भुमी तथा वाहन सम्बन्धी लाभ मिल्नेछ।यात्राकारक दिन रहेको छ। विशिष्ट पाहुनाहरुको आगमन हुनसक्छ। मिष्टान्न भोजनको योग परेको छ।अनावश्यक खर्चबाट बचेर चल्नुहोला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


मिश्रित फलदाता समय छ।मित्रवर्गको सहयोगमा रोकिएका कामहरु बन्नेछ्न। वादविवादमा नफस्नुहोला। पारिवारिक स्वास्थ्य समस्याको योग परेको छ।सुर्यको उपासना गर्नु राम्रो हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


दिनफल सामान्य देखिन्छ। गाडी वाहन तथा आगो सम्बन्धी दुर्घटनाबाट जोगिनुहोला सापटी दिएको धन गुम्न सक्छ सचेत रहनुहोला।पारिवारिक सहयोग भरपुर मिल्नेछ ।अपरान्ह पछाडि जीवन साथी अथवा प्रेमी प्रेमिकाको साथ गरिएको कुनै पनि सकारात्मक कार्य प्रगतिशील हुनेछ। भैरव देवताको दर्शन पुर्वक दिनको आरम्भ गर्नुहोस सम्भावित अशुभ बाट छुटकरा मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


आजको सानो गलत निर्णय ठूलो नोक्सानकारक सिद्ध हुनसक्छ।सोच विचार गरेर कदम चाल्नुहोला। निजि व्यवसाय व्यापार नाफामुलक देखिन्छन् । न्याय, प्रसासन , सरकार, सरकारी अधिकारीहरुमा संयम धैर्यता र सेवाको भाव कमी हुन सक्छ। क्रोधलाइ नियन्त्रण गरेर अघि बढेमा राम्रो हुन्छ।