क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २-० ले विजयी भयो ।

अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।