वि. सं २०८१ असार २६ गते बुधबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २६ गते बुधबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार २६ गते बुधबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २६ गते बुधबार ।इ सं 10 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष चतुर्थी तिथि बिहान ६:५२ बजे सम्म त्यसपछी पंचमि तिथी।मघा नक्षत्र ।व्यतिपात योग।विष्टी(भद्रा) करण। चन्द्रमा पुर्व दिशामा।रातो रंगका। सिंह राशिमा।योगिनी नैऋत्य दिशामा ६:५२ सम्म त्यसपछी दक्षिण दिशामा।सुर्योदय५:१७मा सुर्यास्त ७:०१बजे।आज दिनभर रातभर जन्मने शिशु सिंह राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

समय राम्रै छ। कार्यक्षेत्र प्रगतिमुलक नै छ। जागिर एवं व्यापारका नयाँ क्षेत्रहरु खुल्नेछ्न। आज कुनै नयाँ सम्बन्धको पनि सुत्रपात हुनसक्छ।पुर्वार्धको अपेक्षा उत्तरार्ध राम्रो छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


समय राम्रै छ। शनीको शान्ति हनुमान चालिसा पाठले सफलता मिल्नेछ। चन्द्रको कारण व्यक्तिगत निर्णय एकदम सकारात्मक छ।आफ्नो निर्णयमा गरिएको कामबाट सफलता मिल्नेछ।दिनको उत्तरार्धमा कुनै पदिय जिम्मेवारी ग्रहण गर्नुपर्ने अवसर मिल्न सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज अपरान्ह देखि नयाँ कार्यको थालनी हुनसक्छ। खर्चको वृद्धि नियन्त्रण गर्नुहोला ।वित्तीय सँस्था र कृषिमा गरेको लगानी फलदायी हुनेछ।पति पत्नीमा समझदारीको खाँचो हुनसक्छ ।देवीको उपासना गर्नु राम्रो होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


कार्यक्षेत्रमा गरेको लगानी नाफामुलक हुनेछ। नोकरीमा सम्मान मिल्नेछ। छोटामोटा यात्रा हुनेछ्न । गुप्त शत्रुबाट भने सचेत रहनुहोस।पढाइमा सपलता मिल्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । द्वितिय मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


मिश्रित फलदाता समय छ।मित्रवर्गको सहयोगमा रोकिएका कामहरु बन्नेछ्न। वादविवादमा नफस्नुहोला। पारिवारिक स्वास्थ्य समस्याको योग परेको छ।सुर्यको उपासना गर्नु राम्रो हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।