वि. सं २०८१ २५ गते मंगलवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ २५ गते मंगलवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ २५ गते मंगलवारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २५ गते मंगलवार इ सं 09 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष तृतिया तिथि बिहान ५:२८ बजे सम्म त्यसपछी चतुर्थी तिथी। अश्लेषा नक्षत्र बिहान ८:०५ बजे सम्म त्यसपछी मघा नक्षत्र ।सिद्धि योग।गर करण। चन्द्रमा कर्कट राशिमा।सेतो रंगका।उत्तर दिशामा विहान ८:०५ बजे सम्म त्यसपछी पुर्व दिशामा।रातो रंगका। सिंह राशिमा।योगिनी आग्नेय दिशामा ५:२८ बजे सम्म त्यसपछी नैऋत्य दिशामा।सुर्योदय५:१६ मा सुर्यास्त ७:०१बजे।आज विहान ८:०५ बजे भित्र जन्मने शिशु कर्कट राशिको हुन्छ। त्यसपछी जन्मने शिशु सिंह राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज वैदेशिक क्षेत्र निक्कै फलदायी रहेको छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छ्न। वाणिमा भने संयमता अपनाएकै राम्रो ।मजदुर वर्गले आफ्नो हितमा कार्य प्रतिफल भएको पाउनु हुनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


काममा शत्रुले अवरोध गर्न खोजे पनि भाग्य बलियो भएकोले सफलता मिल्नेछ।व्यस्त भएर दिन बित्नेछ। राजनैतिक नेत्तृत्वको योग बनेको छ।खनिज सम्बन्धी कामबाट सफलता मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


लग्नको मंगल र एकादश शनि परस्पर शत्रु भएको र शनिको दृष्टिमा मंगल परेको हुनाले पारिवारिक कलहबाट बच्नुपर्ने देखियो। मनमा तर्क वितर्क चलिरहला। मित्रहरूको सहयोगमा काम बन्ला। आर्थिक पक्ष भने कमजोर नै रहला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

मिश्रित फलदायी समय छ ।खर्चमा नियन्त्रण गर्नुहोला। मातृ वर्गको सहयोगमा शत्रु परास्त गर्न सकिनेछ।फलाम औषधीजन्य पदार्थको व्यवसायीहरुलाइ फाइदा पुग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


समय राम्रो छ। वैदेशिक कार्य फलदायी होला।
मित्रवर्गको सहयोग मिल्नेछ।
विद्यामा प्रगती हुनेछ। आय आर्जनका नयाँ बाटाहरु खुल्नेछन।
गुप्त शत्रुबाट जोगिनु होला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


समय राम्रै छ। हनुमान जी को कृपाद्वारा काममा सफलता मिल्नेछ।विश्वास गरेकाहरुले साथ छोडेपनि पति पत्नीको भरपुर सहयोगमा कार्य सम्पादन होला। ब्यवसायीहरुलाइ सामान्य फाइदा हुने विधार्थीहरुलाइ तनाव बढ्न सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


आज अपरान्ह देखि नयाँ कार्यको थालनी हुनसक्छ। खर्चको वृद्धि नियन्त्रण गर्नुहोला ।वित्तीय सँस्था र कृषिमा गरेको लगानी फलदायी हुनेछ।पति पत्नीमा समझदारीको खाँचो हुनसक्छ ।देवीको उपासना गर्नु राम्रो होला।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो। धनु आज मध्यान्ह बाट भाग्यले राम्रो साथ दिनेछ। पुर्वार्धमा मन खिन्न भएपनी अपरान्हमा खुशीको समाचार सुन्न पाइनेछ। रोकिएका कामहरू बन्नेछन।पढाइमा सफलता हात लाग्नेछ। व्यवसायीक क्षेत्रमा भने मन्द गतिको प्रगति हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


मिश्रित फलदाता समय छ।मित्रवर्गको सहयोगमा रोकिएका कामहरु बन्नेछ्न। वादविवादमा नफस्नुहोला। पारिवारिक स्वास्थ्य समस्याको योग परेको छ।सुर्यको उपासना गर्नु राम्रो हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


आज सकेसम्म कम बोलेको राम्रो।पारिवारिक सहयोगमा काम बन्नेछ । सन्तानको लागि खर्च गर्नुपर्नेछ। यात्रा गर्दा होशियारपूर्वक गर्नुहोला ।व्यापारी र वाणिाज्य कार्यक्षेत्रका महानुभावहरुले राम्रो आर्थिक प्रगति गर्नुहुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


उत्तम समय छ।नयाँ सम्बन्धको सुत्रपात नहोला भन्न मिल्दैन ।सानोतिनो यात्रा पनि गर्नुपर्ला । नोकरिमा हौसला र मानसम्मान मिल्ला। व्यपार व्यवसाय राम्रो छ।विद्या क्षेत्र भने सन्तोषजनक छैन।