वि. सं २०८१ असार २४ गते सोमवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २४ गते सोमवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार २४ गते सोमवारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २४ गते सोमवार इ सं 08 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष तृतिया तिथि । तिष्य नक्षत्र बिहान ६:२५ सम्म त्यसपछी अश्लेषा नक्षत्र।बज्र योग।तैतिल करण। चन्द्रमा कर्कट राशिमा।सेतो रंगका।उत्तर दिशामा।योगिनी आग्नेय दिशामा।सुर्योदय५:१६ मा सुर्यास्त ७:०१बजे।आज दिनभर रातभर जन्मने शिशु कर्कट राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।स्वगृही मंगले सैन्य तथा खेलकुद क्षेत्रमा प्रगती गराउँछ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान। व्यवसायीक तथा प्रसासनिक काममा सफलता मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


सामान्य तवरले दिन बित्ने देखिन्छ। शत्रु सकृय रहने,काममा ढिलासुस्ती हुने र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नम: यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


लग्नमा सुर्य र द्वितीय चन्द्रमाको कारण रिस उठ्ने झर्को लाग्ने तथा मिथ्या आरोप लाग्ने जस्ता समस्या आउन सक्छ्न। मनलाइ नियन्त्रण गरि कार्य गर्न उचित देखिन्छ। मित्र जस्तो देखिने शत्रुबाट बचेर चल्नु होला। विपरीत लिङ्गका मित्रहरुबाट विशेष सहयोग मिल्ला।दिनको उत्तरार्ध फलदायी रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तीय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


लग्नेश शुक्र कर्म भावमा भएकोले गर्दा नयाँ नयाँ योजनाका साथ दिन वित्नेछ ।साँझपख कुनै धार्मिक यात्रा तथा धार्मिक कार्यमा सहभागी हुन पाइने देखिन्छ। खर्चमा नियन्त्रण गर्न जरुरी छ। आय आर्जनको बाटोमा सन्तानको साथ र सहयोग मिल्नेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आजको दिन निक्कै राम्रो रहेको छ। रोकिएका कामहरू बन्नेछन् । संतानको कार्यसाधना हेतु यात्रा गर्नुपर्ने हुनसक्छ ।ब्राम्हण जातिका मित्रबाट भने सहयोग मिल्नेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक सहयोगमा काॠ सम्पादन हुनेछ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


मिश्रित खालको दिन रहेको छ। दिनारम्भमा सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको पुरानो काममा सफलता हात लाग्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा भने खर्छ गर्नुपर्ने हुनसक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


समय रामो छ ।राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।