मनोज गजुरेलको घरमा ताला लगाउन खोजेपछि मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा ताला लगाउन खोजेपछि मिना ढकाल पक्राउ

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी हिरासतमा रहेकी मीना ढकाललाई साइबर अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । उनीविरुद्ध केही दिन अगाडि प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

ढकालले आज गजुरेलको बालकोटस्थित घरभित्र घुसेर ताण्डव मच्चाएकी थिइन् । उनले गजुरेलको परिवारका सदस्यलाई लछारपछार र कुटपिट गर्नुका साथै घरको गेटमा ताल्चा लगाउने प्रयास गर्दा प्रहरीले पक्राउ गरेको हो । यसअघि नै साइबर अपराधमा उजुरी परिसकेकाले त्यसमा अनुसन्धान हुने प्रहरी स्रोतले बतायो ।

ढकाललाई भक्तपुर प्रहरी परिसरले म्याद थपका लागि जिल्ला अदालत लगेको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुर गरेको आरोपमा म्याद लिने तयारी भइरहेको स्रोतले जानकारी दियो । पछिल्लो समय सामाजिक सन्जालमार्फत गजुरेलको परिवारका सदस्यको चरित्र हत्या गरेको आरोप ढकालमाथी लागेको छ ।

केही दिनदेखि ढकालले टिकटकमा गजुरेल र उनको परिवारका सदस्यलाई विभिन्न लाञ्छना लगाउँदै गालीगलौज गरिरहेको भन्द्यै उजुरी परेको हो । उजुरीकर्ताको नाम गोप्य राखिएको छ ।