वि. सं २०८१ असार २३ गते आइतवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २३ गते आइतवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१ असार २३ गते आइतवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २३ गते आइतवार इ सं 07 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष द्वितिया तिथि । तिष्य नक्षत्र वृद्धि भएको छ । हर्षण योग।बालव करण। चन्द्रमा कर्कट राशिमा।सेतो रंगका।उत्तर दिशामा।योगिनी उत्तर दिशामा।सुर्योदय ५:१५ मा सुर्यास्त ७:०१ बजे।आज दिनभर रातभर जन्मने शिशु कर्कट राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


लग्नेश शुक्र सुर्यको साथ अस्त भएकोले गर्दा योजना विहिन दिनको पुर्वार्ध वित्न सक्छ। उत्तरार्धमा भने कुनै धार्मिक यात्रा तथा धार्मिक कार्यमा सहभागी हुन पाइने देखिन्छ। पति पत्नी अथवा विपरित लिङ्ग मित्रको सहकार्यमा मात्र काम बन्ने देखिन्छ। खर्चमा नियन्त्रण गर्न जरुरी छ। आय आर्जनको बाटोमा शत्रुको आँखा लाग्न सक्छ।गुरुदेवको कृपा , मान्यजनको आशिर्वाद बाटमात्र काम बन्न सक्छ। संकट मोचन हनुमानाष्टक पाठ गर्नु समाधान मिल्नेछ

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तीय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


सामान्य तवरले दिन बित्ने देखिन्छ। षष्टेश स्वगृही भएको कारण शत्रु सकृय रहने,काममा ढिलासुस्ती हुने र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नम: यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


तपाँइको मनको मालिक गुरु ग्रह भाग्री भावमा भएकोले भाग्यले साथ दिनेछ। मनले सोचेको पुग्नेछ कुकुर , बिषालु जनवार बाट भने सचेत रहनु होला। विपरीत लिङ्गका मित्रहरुबाट विशेष सहयोग मिल्ला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


समय रामो छ लग्नेश दशम भावमा भएकोले राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामा

जिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


व्यस्तताको बबजुद दिन वित्नेछ। निजि क्षेत्रमा लगानी गर्दा फाइदा हुने देखिन्छ। खर्चमा वृद्धि भएपनी मानसम्मान प्राप्त हुनेछ। सन्तान वर्ग सँग सहकार्य गरि गरेको कामले अर्थमुलक गति लिनेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ। सप्तम गुरुले मान सम्मान दिलाउनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


मिश्रित खालको दिन रहेको छ। दिनारम्भमा सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको पुरानो काममा सफलता हात लाग्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा भने खर्छ गर्नुपर्ने हुनसक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


आजको दिन निक्कै राम्रो रहेको छ।राशिपती पराक्रममा भएकोले रोकिएका कामहरू बन्नेछन् । पंचमेष चतुर्थमा सुर्यको साथ भएको कारण संतानको कार्यसाधना हेतु यात्रा गर्नुपर्ने हुनसक्छ ।ब्राम्हण जातिका मित्रबाट भने असहयोग मिल्नेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ।