वि. सं २०८१असार २१ गते शुक्रवार को दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१असार २१ गते शुक्रवार को दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि. सं २०८१असार २१ गते शुक्रवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१असार २१ गते शुक्रवार इ सं 05 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष आमावश्या(औंशी) आर्द्रा नक्षत्र । वृद्धि योग।चतुष्पाद करण। चन्द्रमा मिथुन राशिमा।पँहेलो रंगका।पश्चिम दिशामा।योगिनी इशान दिशामा।सुर्योदय५:१५ मा सुर्यास्त ७:०२बजे।आज दिनभर रातभर जन्मने शिशु मिथुन राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

समय राम्रै छ। व्ययभार हटेर जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ काम तथा व्यवसायको सुरुवात हुनेछ। लग्नको मंगल र द्वितीय बुधको कारण रिसाएका बन्धुबान्धव शरण पर्न आउनेछ्न।आज खानपानमा सचेत रहनुहोला खानाको कारण बिरामी पर्न सकिन्छ। ॐ घृणी सुर्याय नम: यो मन्त्रको कम से कम ५४ पटक जप गर्नुहोस् कल्याण हुनेछ

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


मिश्रित फलदाता दिन रहेकोे छ । बन्न लागेको काम आफ्नै क्रोधले बिग्रनेछ। भाग्यको भर नपर्नुहोला। पारिवारिक सर सल्लाहमा गरेको कामले पाइदा हुनेछ। निर्माण व्यवसाय, फलाम,औषधि ,सम्बन्धी कामबाट फाइदा हुने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


चन्द्रमा सुर्यको साथ लग्नमा भएकोले शारीरिक स्वास्थ्य समस्या हुने, थकान महसुस हुने, व्ययेश पनि लग्नमै भएकोले भाग्यले साथ नदिने,खर्च बढ्ने,हुनेछ। परन्तु मनको मालिक धनमा हुनाले मनको संकल्प दृढ देखिन्छ। हिम्मत नहारी डटिरहनाले काम बन्नेछ

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

अपरान्ह सम्म दिन राम्रो छ। दशमेष मंगल स्वगृहि हुनाले मनले सोचेको पूरा हुनेछ। बुध ग्रहको कारण आय आर्जन राम्रै हुनेछ। कलाकारिता र लेखा सम्बन्धी काम गर्ने मित्रहरुलाइ बुध ग्रहको कारण प्रसस्तै लाभ मिल्नेछ। साँझपख भने अशुभ समाचार सुन्नु पर्ने हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


आज चन्द्रमा आय भावमा संचरण गर्दैछ्न जस्ले गर्दा सोचे अनुरुप काम बन्ने । घर परिवार साथीभाइको सहयोग मिल्ने । आर्थिक लाभ हुने देखिन्छ ।सन्तान पक्षबाट भने आज ब्ययभार बढ्न सक्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


आज चन्द्रमा तपाँइको कर्म भावमा भएकोले पराक्रम सफल हुने। माया मारिसकेको धन फिर्ता हुने। छैटौं स्वगृही शनि ग्रहको कारण वैदेशिक एवं औद्योगिक कार्यमा सफलता कारक योगदान हुने देखिन्छ। दिनको आरम्भमा भने आफ्नै बोलीको कारण परिवारमा मनमुटाव हुनसक्ने देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


यात्रा गर्दा गर्दै दिन बित्न सक्छ। विशिष्ट पाहुनाहरुसँग भेटघाट होला। आर्थिक तथा राजनैतिक चर्चा अवसर र फाइदाको परिचर्चा होला। मनोरञ्जनको क्षेत्रमा खर्च हुनसक्छ।शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल प्राप्त होला। ॐ कुलदेव्यै नम: यो मन्त्रको जप गर्नुहोस परिवारम थप शान्ति बढ्नेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


व्यस्त भएर दिन बित्नेछ। आजको कामबाट मित्र पनि शत्रु बन्न सक्छन् ।सोच बिचार गरेर कदम बढाउनुहोला।छाला सम्बन्धी स्वास्थ्य समस्या नहोला भन्न मिल्दैन।अष्टम मंगलको कारण सन्तान सँग बैचारिक मतभेद हुन सक्छ। ॐ सितला देव्यै नम: यो मन्त्रको कम से कम २७ पटक जप गर्दा काम बन्ने देखिन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


ग्रहगोचर राम्रै अवस्थामा भए पनि धनेश स्वगृही भएकोले वाणिमा प्रभाव तथा आर्थिक सदुपयोग हुने देखिन्छ। पंचम भावमा स्वगृही मंगल हुनाले सन्तान पक्षले भने राम्रै प्रगती गर्ने योग परेको छ। विदेश यात्राका ढोका खुलेको हुनाने आज सो कार्यका खातिर सुत्रपात हुनसक्छ ।ॐ वाकदेव्यै विणापाणये नम: भन्दै भगवती सरस्वतीलाई पुजा र प्रणाम गर्नु विद्यार्थी वर्गको कार्य सिद्धि हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


अथक परिश्रमका बाबजुद काम बन्नेछ। परिवारको लागि सोचेको भन्दा बढी नै खर्च गर्नुपर्नेछ।व्यापार व्यवसायबाट फाइदै हुनेछ। राजनैतिक प्रसासनिक र कर्मचारीहरुका लागि अपजस बेहोर्नुपर्ने समय छ ॐ आञ्जनेयाय नम:यो मन्त्रलाइ २४ पटक जपेर दिनको सुरुवात गर्नु काम बन्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


आज तपाईंको आय र धन भावको गुरु चतुर्थ भावमा भएकोले अधुरा रहेका सबै कामहरु बन्ने पक्कापक्की नै छ। वैदेशिक लगानी भित्र्याउन सकिने छ। सन्तान पक्ष प्रतिकुल भैदिनाले मन भने खिन्न नै रहला।पति पत्नीको सहकार्यमा काम गर्नु फाइदाजनक देखिन्छ । हनुमान चालिसाको पाठ गर्दा राम्रो हुन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


चतुर्थ शुक्र र चन्द्रमाको कारण पानी सम्बन्धी कामबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ सहयोग पाइन्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नम: यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला।