बालेन साहलाई अफ्ठ्यारो पार्ने काम भएको छ : ज्ञानेन्द्र शाही

बालेन साहलाई अफ्ठ्यारो पार्ने काम भएको छ : ज्ञानेन्द्र शाही

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानबहादुर ९ज्ञानेन्द्र० शाहीले राजनीतिक दलका शिर्ष नेताहरुको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएका बताउनुभयो । उहाँले दलहरुको राजनीतिको कारण काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताउनुभयो ।

प्रमुख सचेतक शाहीले दलका नेताहरुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अपm्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताउनुभयो । उहाँले स्थानीय तहमा दलविहिन राजनीति हुनुपर्ने बताउनुभयो ।

प्रमुख सचेतक शाहीले मन्त्रीहरुले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरु बढी गरिरहेका भन्दै संसदको भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनि लेखेर राख्न माग गर्नुभयो ।