तपाईलाइ थाहा छ ? थुक किन आउँछ ?

तपाईलाइ थाहा छ ? थुक किन आउँछ ?

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली समाजमा थुकलाई नराम्रो विम्बको रुपमा प्रस्तुत गरेको पाइन्छ । कसैले कुनै काम गर्न सकेन वा असफल भयो भने ‘यति पनि गर्न सकेन थुक्क’ भनेर थुक्ने प्रवृत्ति छ । कोही कसैको अन्धभक्त भएर समर्थन गर्छ भने ‘थुकेको थुक पनि चाट्ने’ भनेको सुनिन्छ ।

के साँच्चै ‘थुक’ घिनलाग्दो वा फोहोर कुरा हो ?

थुक मुख रसाएर आउने एक खालको तरल पदार्थ अर्थात् मुखको रस हो । यसले मुखलाई रसिलो बनाएर सुक्खा हुनबाट जोगाउँछ । यो मुख चलाएर स्वत: उत्पादन हुन्छ ।

मुखभित्र दुई प्रकारका ग्रन्थी हुन्छन्, भित्री र बाहिरी ग्रन्थी । बाहिरी ग्रन्थीलाई एक्जोक्राइन भनिन्छ जसभित्र र्‍याल ग्रन्थी हुन्छ । यसले थुक निकाल्ने काम गर्छ । थुक कानको तल गालामा प्यारोटिड ग्रन्थी, चिउँडोको तल सबम्याडिबुलर ग्रन्थी र जिब्रोमुनि सबलिग्वलमा दुई-दुईवटा हुन्छन् । यी प्रमुख तीन जोर ग्रन्थीबाट थुक निस्कन्छ । यसबाहेक मुखभित्र स-सानो स्यालभरी अर्थात् र्‍याल ग्रन्थी हुन्छन् । यसले थुक निकाल्ने काम गर्छ ।

प्यारोटिड ग्रन्थीले पानी जस्तो थुक पठाउँछ, जसले खानालाई चपाउँदा चिसो बनाउन सहयोग गर्छ । थुकले हामीले खाने खानेकुरालाई सहज रुपमा पेटसम्म पुर्‍याउने काम गर्छ, जसलाई लुब्रिकेसन भनिन्छ । मुखमा थुक नभए हामीलाई खान निल्न गाह्रो हुन्छ ।

थुकमा एन्टिबायोटिक अर्थात् नराम्रो ब्याक्टेरियालाई नष्ट गर्ने र रोगबाट बचाउने शक्ति हुन्छ । त्यस्तै लाइसोसोम क्रियाकलाप हुन्छ जसमा थुकले मुखभित्रको नराम्रो ब्याक्टेरियालाई मार्ने काम गर्छ । साथै राम्रो ब्याक्टेरियालाई संरक्षण गर्ने काम गर्छ । जुन जिब्रोमुनिबाट निस्किने चिप्लो थुक हुन्छ । मुखको भित्री भागलाई सुरक्षित राख्न सहयोग गर्छ ।

त्यस्तै थुकमा पाचन इन्जाइम हुन्छ जसले पेटभित्रको खानेकुरालाई पचाउन मद्दत गर्छ । यति मात्र नभई थुकले दाँत बिग्रिनबाट बचाउनुका साथै सफा राख्न मद्दत गर्छ । थुकमा प्रतिरोधी क्षमता हुन्छ र निरन्तर थुक आउँदा दाँत, गिजामा उत्पन्न गर्ने नराम्रो ब्याक्टेरिया पखालेर फालिदिने वा मार्ने काम गर्छ । साथै थुकमा क्याल्सियम भएकाले दाँतलाई बलियो बनाउँछ ।

मानिसको उमेर अनुसार र आवश्यकता फरक-फरक हुन्छ । तर औसतमा एक स्वस्थ मानिसमा प्रतिमिनेट ०.३ देखि ०.५ मिलिमिटर उत्पादन हुन्छ । औसत दैनिक आधा लिटरदेखि डेढ लिटर थुक उत्पादन गर्छ ।कुनै पनि चीज आवश्यकता भन्दा धेरै आउनु पक्कै पनि राम्रो होइन । कतिपय अवस्थामा कुनै रोगको कारणले थुक ग्रन्थी बढी सक्रिय भएर थुकको मात्रा बढी आउन सक्छ । तर सामान्यतया थुकको मात्रा बढी आउनुलाई राम्रो मानिन्छ । कुनै शारीरिक समस्या छैन तथा ग्रन्थीलाई कुनै नकारात्मक असर गरेको छैन भने थुक बढी आउँदा कुनै समस्या हुँदैन । तर अन्य कारणले भएको छ भने त्यसको उपचार गर्नुपर्छ ।

निद्रामा मुख चलाएर सुत्ने र मुख खुला गरेर सुत्ने मानिसमा थुक बढी आउँछ । किनभने जति मुख चलायो उत्ति नै थुक ग्रन्थी सक्रिय हुन्छ र थुक निस्किन्छ । तर कहिलेकाहीं कुनै शारीरिक तथा मानसिक समस्या छ वा भएमा पनि निस्कन सक्छ ।

तर रातभरि मुखमा जम्मा भएको थुक हानिकारक हुन्छ । त्यसैले बिहान उठ्दा मुखमा भएको थुक कुल्ला गरेर फाल्नुपर्छ । किनभने यसमा ब्याक्टेरिया संक्रमण भएको हुनसक्छ । जुन पेटभित्र गएको खण्डमा ग्यास्ट्रिक हुनसक्छ ।थुक नहुनु भनेको स्वास्थ समस्या हो । मुखमा थुक भएन भने मुखमा घाउ तथा खटिरा आउने, चिलाउने, दुख्ने, मुखको संक्रमण तथा अल्सर हुने खतरा हुन्छ । त्यस्तै मुखमा थुक आएन भने स्वस्थ्यमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । यसले मुखलाई मात्र नभई पाचन प्रणालीमा गडबडी गराउँछ ।खाना वा यसको बास्ना आउँदा थुक ग्रन्थीहरु सक्रिय हुन्छन् । त्यसैले हामीले जुनसुकै बेला खाना देख्दा अझ बढी थुक उत्पादन हुने गर्छ । खानेकुरा देखेपछि स्वतः दिमागले बढी थुक निकाल्न थुक ग्रन्थीलाई संकेत दिन्छ ।