वि सं २०८१ असार २० गते विहिवार को दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ असार २० गते विहिवार को दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ असार २० गते विहिवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार २० गते विहिवार इ सं 04 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष + त्रयोदशी तिथि विहान ०५:३७ बजे सम्म त्यसपछी चतुर्दशी तिथी। (चतुर्दशी तिथि क्षय भएको छ । मृगशिरा नक्षत्र । गंड योग।वणिज करण। चन्द्रमा वृष राशिमा।दक्षिण दिशामा।सेता रंगका अपरान्ह ४:२४ सम्म त्यसपछी मिथुन राशिमा।पँहेलो रंगका । पश्चिम दिशामा । योगिनी दक्षिण दिशामा विहान ५:३७ सम्म त्यसपछी पश्चिम दिशामा।सुर्योदय ५:१४ मा सुर्यास्त ७:०२ बजे । आज अपरान्ह ४:२४ भित्र जन्मने शिशु वृष राशीको हुन्छ त्यसपछि जन्मने शिशु मिथुन राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

दोस्रो मंगलको कारण पराक्रम बढ्ने।प्रसासनिक काममा सफलता मिल्ने।कृषि उपज र पशु चौपाया बाट लाभ मिल्ने।शैक्षिक क्षेत्रमा भने निराशा हात लाग्ने अग्नि सम्बन्धि दुर्घटना बाट भने सचेत रहनुहोला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


मिश्रित फलदाता दिन रहेको छ।भाग्येश शनिको कारण अर्थ लाभ हुने तथा प्रशासनिक क्षेत्रमा मजबुत स्थिति रहने पक्का छ। पराक्रम बढ्ने छ। मनमा तर्क वितर्क चल्ने छ। विध्या अध्ययनको क्षेत्र भने अधुरै रहन सक्छ।ॐ गं गणपतये नम यो मन्त्रलाइ कम से कम १०८ पटक जप गर्नुहोस दिन मङ्गलमय बन्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


जको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन त्यति राम्रो छैन सुर्य र शुक्र भएकोले झुटो आरोप लाग्न सक्ने तनाव हुने पारिवारिक कलह हुनसक्ने तथा संचित धनको हानी हुनसक्छ।भाग्येश चन्द्रमाको साथ भएकोले भाग्यको भरमा मात्र काम बन्नेछ्न वैदेशिक रोजगार वैदेशिक शिक्षा वैदेशिक यात्राको लागि भने शनि ग्रहको कारण अनुकुल दिन रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


भाग्य भावको मंगलले भाग्य चम्काउनेछ। आय र व्ययको समानताले बचत हुन नसके पनि आजको लगानी भोलिको मुनाफा सम्झेर काम गर्नुपर्ने हुन्छ। आज जग्गा जमिन खनिज पदार्थ तेल मादक पदार्थ बीस जन्य पदार्थ कृषि उपज तथा कलाकारिता सँग संबंधित व्यवसायको काम गर्दा फाइदा हुने देखिन्छ ।सन्तान पक्षको भने असहयोग देखिन्छ। भाग्य प्रतिशांक 85%

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


दिन राम्रै छ। आय भन्दा व्यय बढी हुनसक्छ। व्ययेश कर्म भावमा भएकोले संचित धन खर्च हुनसक्छ। अष्टमेश विपरित राजयोग कारक् बनेकोले मातृ वर्ग मावली पक्षबाट सहयोग मिल्न्सक्ने देखिन्छ ।दशम सुर्यको कारण न्याय प्रशासन हजुरकै पक्षमा देखिन्छ परन्तु सामाजिक सहयोग भने हजुरलाइ मिल्ने देखिंदैन ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )


कार्यक्षेत्रमा गरेको लगानी नाफामुलक हुनेछ। नोकरीमा सम्मान मिल्नेछ। छोटामोटा यात्रा हुनेछ्न । कुकुर तथा विषालु जनावर बाट भने सचेत रहनुहोस।पढाइमा सपलता मिल्नेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


मध्यम खालको समय छ। लग्नमा शनि ग्रहको दृष्टि र लग्नेष शत्रु भावमा भएको कारण टाउको दुख्ने रिस उठ्ने जस्ता समस्याहरु देखिने छ्न।सामाजिक क्षेत्रमा गरेको कामको भने मूल्याकंन हुनेछ ।मान सम्मानको योग पनि परेको छ। आर्थिक पक्ष भने फितलो नै देखिन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


ग्रह गोचर राम्रा छन।सप्तम भावको सुर्य र चन्द्रमा ग्रहको कारण मनोरञ्जनमा दिन बित्ने देखिन्छ।आय आर्जनका नयाँ बाटाहरु खुल्ने छन। शत्रुहरु शरण पर्नेछ्न।मित्र भावले गरेको सहयोगको मुल्यान्कन हुनेछ। रातो रन्ङ र उत्तर दिशा राम्रो छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


आज दिनको पुर्वार्ध सुखद र उत्तरार्ध केही दुखद हुनसक्छ। सन्तान वर्गको शैक्षिक प्रगती एवं पदोन्नतिको समाचार पुर्वार्धमा सुन्न पाइने छ। कुनै जिम्मेवारी पदभार सम्हाल्नु पर्ने पनि हुनसक्छ। मित्रवर्गको साथ र सहयोग रहने छ। दिनको उत्तरार्धमा भने संचित धनको नाश तथा कुनै अप्रिय समाचार सुन्नु पर्ने हुनसक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


व्यस्तताको बबजुद दिन वित्नेछ। निजि क्षेत्रमा लगानी गर्दा फाइदा हुने देखिन्छ। खर्चमा वृद्धि भएपनी मानसम्मान प्राप्त हुनेछ। सन्तान वर्ग सँग सहकार्य गरि गरेको कामले अर्थमुलक गति लिनेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


आजको दिन प्रगतिमुलक नै छ। जागिर एवं व्यापारका नयाँ क्षेत्रहरु खुल्नेछ्न। आज कुनै नयाँ सम्बन्धको पनि सुत्रपात हुनसक्छ।पुर्वार्धको अपेक्षा उत्तरार्ध राम्रो छ।कृषि क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ।