सावधान धेरै लजाउनु पनि मानसिक समस्या पनि हुनसक्छ

सावधान धेरै लजाउनु पनि मानसिक समस्या पनि हुनसक्छ

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तपाईं अरुले के सोच्ला भनेर डराउनुहुन्छ ? कुनै समारोह, भीड, जमघटमा सामेल हुँदा आफूलाई लिएर बढी सोच्नुहुन्छ ? मनमा भय उत्पन्न हुने डरले नयाँ मान्छेसँग भेट्न सक्नुहुन्न ?

यदि ६ महिनाभन्दा बढी यस्तो डर र दिमाग सामाजिक सम्बन्धलाई लिएर तनावग्रस्त रहन्छ, हरेक सहज काम पनि असहज लाग्छ भने सोसल एन्जाइटी अर्डर भएको हुनसक्छ ।

सोसल एन्जाइटी डिसअर्डर भनेको एन्जाइटी डिसअर्डरको एक सामान्य प्रकार हो, जसलाई बोलीचालीको भाषामा सामाजिक फोबिया पनि भनिन्छ । यो समस्या भएको व्यक्तिले पार्टी, समारोहमा अगाडि बोल्न, जागिरको अन्तर्वार्ता, कक्षामा शिक्षकले सोधेको जवाफ दिन, बजारमा क्यासियरसँग कुरा गर्न असहज मान्छन् ।

यति मात्र होइन, दैनिकजसो भइरहने क्रियाकलाप जस्तै अरुको अगाडि पानी पिउन, खान र सार्वजनिक शौचालय प्रयोग गर्न समेत उनीहरुमा कसैले केही भनिदिने हो, अपमानित हुनुपर्ने हो कि भन्ने चिन्ता वा डर उत्पन्न हुनसक्छ ।

यस्तो अनुभव गर्ने व्यक्तिमा सामाजिक परिस्थितिमा हुने डर यति छिटो उत्पन्न हुन्छ कि उनीहरुलाई लाग्छ,  यो डर नियन्त्रण हुन सक्दैन वा मेरो वशमा छैन ।

डर लाग्ने, मनमा अनेकौं विचार आउने, आत्मबल कमजोर रहने हुँदा कार्यालयको काम, विद्यालयमा जाने वा दैनिक काममा बाधा पुग्न सक्छ । यतिसम्म कि सामाजिक रुपमा संलग्न हुनुपर्ने छ भने साताअघिदेखि नै उनीहरुमा त्रास, लाज र चिन्ता हुनसक्छ ।

कसैमा यही एन्जाइटीको भेरियन्टको रुपमा ‘पर्फेमेन्स इन्जाइटी’ देखिन्छ । यस्तोमा अरुको अगाडि केही काम गर्दा वा आफूलाई प्रस्तुत गर्नुपर्दा भय उत्पन्न हुने तर अन्य अवस्थामा समाजमा सामान्यरुपमै घुलमिल हुनसक्ने हुन्छ ।

प्राय: सेलिब्रेटीले पनि आफूलाई यस्ता एन्जाइटीबाट गुज्रिएको भनेर भनेको हामीले सुन्दै देख्दै आएका छौं ।