मनसुनमा दही खानु राम्रो कि नराम्रो ?

मनसुनमा दही खानु राम्रो कि नराम्रो ?

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ ।

दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । नियमित रूपमा दहीको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

तर यसलाई सन्तुलित मात्रामा र उचित तरिकाले मात्रै सेवन गर्नुपर्छ । दही खानुका अनेक फाइदा छन् ।

हड्डी र दाँतलाई पनि यसले बलियो पार्छ । तौल घटाउन मद्दत गर्छ । मुटुको स्वास्थ्यको लागि यो राम्रो हो ।

छालाको लागि पनि लाभदायक छ । तर, दहीको सेवन सही मात्रामा र सही समयमा गर्नु जरुरी छ । मनसुनमा दहीको सेवन केही मानिसका लागि समस्याकारी हुन सक्छ भनेर आयुर्वेदले भन्छ ।

आयुर्वेदमा दही खानेबारे समयबारे सल्लाह दिइएको छ । दही बिहान वा दिउँसोको खानामा खानुपर्छ । राती दही खानु हुँदैन । 

आयुर्वेदले वर्षायाममा भने दहीको सेवन निषेध गरेको छ । यसका केही आयुर्वेदिक कारण पनि छ । वर्षायाममा दही खाँदा केही साइड इफेक्ट हुने बताइन्छ ।

मनसुनको मध्यमा आउँछ साउनको महिना । आयुर्वेदका अनुसार यो महिनामा शरीरको दोष सन्तुलित हुँदैन । 

शरीरमा वायु बढ्छ र पित्त जम्मा हुन थाल्छ । मनसुनमा पेटसँग सम्बन्धित धेरै प्रकारका समस्या देखिन सक्छ । 

दही पाचनका लागि राम्रो भए पनि साउनमा दहीको सेवनले शरीरको छिद्र बन्द गराउन सक्ने अनि कयौँ प्रकारका शारीरिक समस्याहरू निम्त्याउन सक्ने आयुर्वेदले भन्छ ।

दहीलाई चिसो र भारी मानिन्छ । वर्षाको समयमा यसलाई खाँदा कफ दोष बढ्न सक्छ । यसका कारण चिसो, खोकी, घाँटी दुख्ने जस्ता समस्याहरू निम्तिन सक्छ । मनसुनको समयमा वातावरणमा आर्द्रता र तापक्रमका कारण ब्याक्टेरिया र अन्य रोगका ब्याक्टेरिया बढ्न सक्छ । त्यसैले दहीलाई राम्रोसँग सुरक्षित रूपमा राख्नु पर्छ ।