सत्संगपछि भएको भागदौडमा १२२ जनाको मृत्यु

सत्संगपछि भएको भागदौडमा १२२ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। उत्तर प्रदेशको हातरसमा भोले बाबाको सत्संगपछि भएको भागदौडमा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशको हाथरसमा नारायण साकार हरि भोले बाबाको सत्संगमा मङ्गलबार भएको भागदौडमा १२२ जनाको मृत्यु भएको हो। तीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । १५० भन्दा बढी घाइते भएका छन् ।

चार जिल्ला अलिगढ, हाथरस, एटा र आगरामा रातभर शवको पोस्टमार्टम भयो । आफन्तको शव बोकेर परिवारका सदस्यहरु यताउता यताउता दौडिरहन्छन् । यद्यपि प्रशासनले अहिलेसम्म १२१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

हातरसबाट ४७ किलोमिटर टाढा रहेको फुलराई गाउँमा सत्संग चलिरहेको थियो । त्यसमा २० हजारभन्दा बढी मानिस जम्मा भएका थिए । दुर्घटनापछि घाइतेहरुलाई टेम्पो र बसमा हातरस अस्पताल ल्याइएको थियो । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।