वि सं २०८१ असार १९ गते बुधवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ असार १९ गते बुधवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ असार १९ गते बुधवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार १९ गते बुधवार इ सं 03 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष द्वादशी तिथि विहान ०७:०२ बजे सम्म त्यसपछी त्रयोदशी तिथी । कृतिका नक्षत्र ५:१६ सम्म त्यसपछी रोहिणी नक्षत्र । (रोहिणी नक्षत्र क्षय भएको छ) शूल योग।तैतिल करण । चन्द्रमा वृष राशिमा । दक्षिण दिशामा । सेता रंगका । योगिनी नैऋत्य दिशामा विहान ७:०२ सम्म त्यसपछी दक्षिण दिशामा।सुर्योदय ५:१४ मा सुर्यास्त ७:०२बजे।आज दिनभर र रातभर जन्मने शिशु वृष राशीको हुन्छ । आज प्रदोष व्रत ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

धन भावको गुरु र चन्द्रमाको कारण पानी सम्बन्धी कामबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। खेलकुद बन्द व्यापार र कुटनैतिक निकाय सम्बन्धी काममा मंगलको प्रभावले प्रगती हुनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )


व्यस्त भएर दिन बित्नेछ। आजको कामबाट मित्र पनि शत्रु बन्न सक्छन् ।सोच बिचार गरेर कदम बढाउनुहोला।छाला सम्बन्धी स्वास्थ्य समस्या नहोला भन्न मिल्दैन।पंचम केतुको कारण सन्तान सँग बैचारिक मतभेद हुन सक्छ। ॐ सितला देव्यै नम: यो मन्त्रको कम से कम २७ पटक जप गर्दा काम बन्ने देखिन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )


अथक परिश्रमका बाबजुद काम बन्नेछ। परिवारको लागि सोचेको भन्दा बढी नै खर्च गर्नुपर्नेछ।व्यापार व्यवसायबाट फाइदै हुनेछ। राजनैतिक प्रसासनिक र कर्मचारीहरुका लागि अपजस बेहोर्नुपर्ने समय छ ॐ आञ्जनेयाय नम:यो मन्त्रलाइ २४ पटक जपेर दिनको सरुवा त गर्नु काम बन्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

ग्रहगोचर राम्रै अवस्थामा भए पनि द्वितियेश द्वादशमा भएको कारण वाणिमा प्रभाव तथा आर्थिक सदुपयोग नहुने देखिन्छ। आय भावको गुरुको सन्तान भावमा दृष्टि परेको हुनाले सन्तान पक्षले भने राम्रै प्रगती गर्ने योग परेको छ। विदेश यात्राका ढोका खुलेको हुनाने आज सो कार्यका खातिर सुत्रपात हुनसक्छ ।ॐ वाकदेव्यै विणापाणये नम: भन्दै भगवती सरस्वतीलाई पुजा र प्रणाम गर्नु विद्यार्थी वर्गको कार्य सिद्धि हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


यात्रा गर्दा गर्दै दिन बित्न सक्छ। विशिष्ट पाहुनाहरुसँग भेटघाट होला। आर्थिक तथा राजनैतिक चर्चा अवसर र फाइदाको परिचर्चा होला। मनोरञ्जनको क्षेत्रमा खर्च हुनसक्छ।शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल प्राप्त होला। ॐ कुलदेव्यै नम: यो मन्त्रको जप गर्नुहोस परिवारम थप शान्ति बढ्नेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )


आज तपाईंको भाग्य भावमा चन्द्रमा र गुरु भएकोले अधुरा रहेका सबै कामहरु बन्ने पक्कापक्की नै छ। लग्नेश आय भावमा भएकोले वैदेशिक लगानी भित्र्याउन सकिने छ। सन्तान पक्ष प्रतिकुल भैदिनाले मन भने खिन्न नै रहला।पति पत्नीको सहकार्यमा काम गर्नु फाइदाजनक देखिन्छ । हनुमान चालिसाको पाठ गर्दा राम्रो हुन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अपरान्ह सम्म दिन राम्रो छ। गुरु दशम भावमा स्थित हुनाले मनले सोचेको पूरा हुनेछ। लग्नेश शुक्र ग्रह भाग्य भावमा भएको कारणभाग्यले साथ दिनेछ। कलाकारिता र लेखा सम्बन्धी काम गर्ने मित्रहरुलाइ बुध ग्रहको कारण प्रसस्तै लाभ मिल्नेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )


आज चन्द्रमा तपाँइको स्प्तम भावमा भएकोले जीवन साथिको नाममा गरिएको व्यवसाय सफल हुने। माया मारिसकेको धन फिर्ता हुने ।चतुर्थ शनि ग्रहको कारण वैदेशिक एवं औद्योगिक काममा सफलता कारक योगदान हुने। देखिन्छ। दिनको आरम्भमा भने आफ्नै बोलीको कारण परिवारमा मनमुटाव हुनसक्ने देखिन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )


आज चन्द्रमा रोग भावमा संचरण गर्दैछ्न जस्ले गर्दा सोचे अनुरुप काम नबन्ने । चतुर्थ राहुले घर परिवार साथीभाइको सहयोग नमिल्ने । परन्तु पुरानो लगानिको प्रतिफलआर्थिक लाभ हुने देखिन्छ ।आज भाग्य प्रतिशांक ३५ मात्र रहेको छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )


सुर्य रशुक्र छैटौं भएकोले शारीरिक स्वास्थ्य समस्या हुने, थकान महसुस हुने, व्ययेश पंचममा भएकोले सन्तानले साथ नदिने,खर्च बढ्ने,हुनेछ। परन्तु मनको मालिक मंगल स्वगृही हुनाले मनको संकल्प दृढ देखिन्छ। हिम्मत नहारी डटिरहनाले काम बन्नेछ भाग्य प्रतिशांक ६०.।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )


मिश्रित फलदाता दिन रहेकोे छ । बन्न लागेको काम आफ्नै क्रोधले बिग्रनेछ। भाग्यको भर नपर्नुहोला। पारिवारिक सर सल्लाहमा गरेको कामले पाइदा हुनेछ। निर्माण व्यवसाय, फलाम,औषधि ,सम्बन्धी कामबाट फाइदा हुने देखिन्छ । भाग्य प्रतिशांक ४० मात्र।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )


समय राम्रै छ।व्ययभार हटेर जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ काम तथा व्यवसायको सुरुवात हुनेछ। चतुर्थ सुर्यको कारण रिसाएका बन्धुबान्धव शरण पर्न आउनेछ्न।ॐ घृणी सुर्याय नम: यो मन्त्रको कम से कम ५४ पटक जप गर्नुहोस् कल्याण हुनेछ ।