राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मङ्गलबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए । 

सङ्घीय संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।