वि सं २०८१ असार १८ गते मगंलबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ असार १८ गते मगंलबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ असार १८ गते मंगलबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

आजको पञ्चाङ्ग
वि. सं २०८१ असार १८ गते मंगलवार इ सं 02 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष एकादशी तिथि विहान ८:४९ सम्म त्यसपछी द्वादशी तिथी। भरणी नक्षत्र ६:१६ सम्म त्यसपछी कृतिका नक्षत्र । धृती योग । बालव करण । चन्द्रमा पुर्व दिशामा । मेष राशिमा।राता रंगका दिउँसो १२:०० बजे सम्म त्यसपछी वृष राशिमा।दक्षिण दिशामा । सेता रंगका । योगिनी आग्नेय दिशामा विहान ८:४९ सम्म त्यसपछी नैऋत्य दिशामा । सुर्योदय ५:१४ मा सुर्यास्त ७:०२ बजे । आज दिउँसो १२:०० बजे भित्र जन्मने शिशु मेष राशिको हुन्छ । त्यसपछी बाँकी दिन र रातभर जन्मने शिशु वृष राशीको हुन्छ । आज योगिनी एकादशी व्रत । खेलकुद पत्रकार दिवस ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सामान्य तवरले दिन बित्ने देखिन्छ । मनमा धेरै तर्क वितर्क चलिरहला । काममा ढिलासुस्ती र अल्झन कायमै रहला । छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ । पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ । ॐ ऐं ह्रीं कलि चामुण्डायै नम:यो मन्त्रको १०८पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
दिन मिश्रित फलदायी छ । आफ्नो नेत्तृत्वमा गरेको कामबाट राम्रो लाभ प्राप्त हुनेछ । अरुको विश्वास गर्नाले बन्न लागेको काम पनि विग्रन सक्छ। कानुनी तथा प्रशासनिक पक्ष हजुरको अनुकुल हुनेछ। सन्तान वर्गको व्यवहारले मन उदासी हुनसक्छ । वाणिमा संयमता अपनाउँदा राम्रो हुन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिश्रित फलदाता दिन छ । मित्र वर्गको सहयोग मिल्नेछ । जलिय कारोवारबाट फाइदा पुग्ने देखिन्छ ।आर्थिक पक्ष सकारात्मक रहे पनि आँखा सम्बन्धि समस्याले सताउन सक्छ । सप्तमेष गुरु द्वादश भएका कारण दाम्पत्य सम्बन्धमा खटपट हुन सक्छ । ॐ घृणी सुर्याय नम: यो मन्त्र जपेर दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

समय राम्रै छ । आय आर्जनमा गिरावट आए पनि निजि व्यवसाय निर्यातको हिसाबले प्रगतिकारक हुनेछ । राजनीति र प्रशासनमा तपाईंको भुमिका महत्वपुर्ण हुनेछ । पुर्ख्यौली सम्पत्तिमा विबाद हुनसक्ने भएकोले मौन बस्नु हितकर सावित हुनेछ । दशम भावमा चन्द्रमा लक्ष्मी योग बनाएर बसेको हुनाले न्यायीक क्षेत्रमा नोकरीको अवसर जुट्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यर्थमा दिन बित्नेछ । मनमा तर्क वितर्क चलिरहला । पारिवारिक असहयोगले खिन्नता बढ्ला शनि एवं हनुमानको उपासनागर्नु उचित देखिन्छ । व्यर्थको वाद विबादबाट बच्नुहोला । भाग्यमा मंगलको प्रभाव एवं लक्ष्मी योग भएकोले हजुरकै हितमा काम बन्नेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कर्म भावमा शुक्र र भाग्य भावमा गुरु भएकोले बहुआयामिक कार्यक्षेत्रमा सफलता मिल्ला । लामो दुरिको यात्रा हुन सक्छ । घर परिवारको राम्रो सहयोग प्राप्त होला । वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ । अष्टम चन्द्रमाको कारण वैदेशिक कार्यमा भने झन्झट बेहोर्नुपर्ने हुनसक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
भाग्येश कर्ममा भएकोले भाग्य राम्रो छ । कार्यक्षेत्र प्रगतिमुलक नै छ । जागिर एवं व्यापारका नयाँ क्षेत्रहरु खुल्नेछ्न । आज कुनै नयाँ सम्बन्धको पनि सुत्रपात हुनसक्छ । पुर्वार्धको अपेक्षा उत्तरार्ध राम्रो छ । कृषि क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
समय राम्रै छ । वैदेशिक कार्यमा सफलता । विद्यामा मध्यम सफलता । पति पत्नीमा भने वैचारिक विभेद सम्भव देखिन्छ । न्यायिक पक्ष फितलो । वैयक्तिक प्रभावमा कार्य सम्पादन गर्नुपर्ने । देव्यै नम: यो मन्त्रको 21 पटक जप गरेर आजको दिनारम्भ गर्नु फाइदा होला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
चन्द्रमा सप्तम मारक भावमा भएकोले आर्थिक समस्या हुनसक्छ । चोटपटकबाट बचेर चल्नु होला । मित्र वर्गको सहयोगमा कार्य सम्पादन हुनेछ । धातु तथा खनिज पदार्थ सम्बन्धी काम गर्ने व्यवसायीलाई भने दिन प्रगतिकारक रहेको छ । ॐ हं हनुमते नम: यो मन्त्रलाइ २४ पटक जप गरेर दिनको आरम्भ गर्दा राम्रो हुन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मध्यम दिन रहेको छ । बृहस्पति अनुकुल हुनाले आम्दानी बढ्नेछ । अध्ययन अध्यापन सफल रहने छ। नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । कुटुम्ब वृद्धिका साथै साथिभाइ राअफन्तको सहयोग मिल्नेछ । मुखमा शनि भएको कारण बोलीमा नियन्त्रण राख्न जरुरी देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
व्यस्तताको बबजुद दिन वित्नेछ । निजि क्षेत्रमा लगानी गर्दा फाइदा हुने देखिन्छ । खर्चमा वृद्धि भएपनी मानसम्मान प्राप्त हुनेछ । सन्तान वर्ग सँग सहकार्य गरि गरेको कामले अर्थमुलक गति लिनेछ।दिनको उत्तरार्धमा शुभ समाचार सुन्न पाइने छ । चतुर्थ चन्द्रमाले मान सम्मान दिलाउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ। व्ययेश स्वगृही व्ययमा भएकोले कामको मुल्यांकन भने हुने छैन।