राष्ट्रपतिको विजयपछि भेनेजुएलामा हिंसा: अहिलेसम्म ११ जनाको मृत्यु

राष्ट्रपतिको विजयपछि भेनेजुएलामा हिंसा: अहिलेसम्म ११ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन चर्किएको छ। समाचार एजेन्सी एएफपीले एक गैरसरकारी संस्थालाई उद्धृत गर्दै प्रदर्शनमा हालसम्म ११ जनाको ज्यान गएको जनाएको छ।

विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन्। यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले भेनेजुएला सरकारलाई मतदानको तथ्याङ्क जारी गर्न आग्रह गरेका छन्।

सीएनएनको रिपोर्टका अनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन्। धेरै ठाउँमा आगजनी समेत भएको छ। राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन्।

केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले रबरको गोली प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो। राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मदुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे तर सेनाले त्यसलाई असफल बनाएको थियो।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो। चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो। निकोलस मादुरोले चुनाव जितेका थिए। तर, विपक्षीले यो जितलाई मान्न अस्वीकार गरेका छन्। निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ।