परम्परागत शैली भत्काउदै संजयको कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन

परम्परागत शैली भत्काउदै संजयको कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ , साहित्यकार संजय गौतमद्धारा लिखित कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन भएको छ । परम्परागत शैली भत्काउदै संजयको कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट श्रावण १४ गते सोमबार बिमोचन भएको हो ।


साहित्यकार संजय गौतमद्धारा लिखित कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन भएको छ ।


कथाकार संजय गौतमका पूजनिय बुबाको जन्मदिनको अवसरमा विमोचन गरिएको उक्त कथा संग्रह उहांका बुबा आमा लगायत समाजमा आफ्नो मिहेनत र प्रतिभाको जगमा आफूलाई स्थापित गरेका परिचित व्यक्ति ,२०७८ सालको मदन पूरस्कार बिजेता प्रसिद्ध साहित्यकार नवराज लम्साल (भिडियो सन्देशद्वारा), नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, कलाकारहरु मनोज गजुरेल, दिपा श्री निरौला र सुबोध गौतम, बैंकर तथा नबिल बैंकका नायब महाप्रबन्धक मनोज कुमार ज्ञवाली,कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडियन सुमन कोइराला ‘दले दाई’, कैलाश कार्की, लेखक तथा अधिकारकर्मी अनिता कोइराला, रन्जु दाहाल, सुमन घिमिरे ‘वर्षा’ साथै प्रशासक तथा सामाजिक विश्लेषक रेनुका वस्नेत, समालोचक तथा लेखक उमेश अवस्थी ‘आदर्श’ र शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल गरी १७ जना व्यक्तित्वहरुले आफ्नो फेसबुकको भित्तामा कथा संग्रह “अस्तित्व” हातमा लिएको फोटो सहित पोष्ट गरी विमोचन गरिएको छ ।


कथाकार संजय गौतम नेपाल प्रहरीमा कार्यरत अधिकृत हुन् । उनले फुर्सदको समयमा अन्य विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुद्वारा लिखित साहित्य पढ्ने र आफु पनि लेख्ने गर्दछन्। विभिन्न अनलाईन मिडिया तथा पत्रपत्रिकामा फुटकर कथा लेख्दै आएका गौतमले आफुले लेखका कथाहरुलाई सङ्कलन गरि पुस्तक प्रकाशन गर्ने ईच्छा जागेपछि उनले आफ्नो कथा संग्रह “अस्तित्व” हामी सबैलाई सुम्पेका हुन् ।


अहिले विभिन्न शैलिमा जन्मदिन मनाउने प्रचलन रहेको छ तर उनले आफ्नो पुजनिय पिता श्रीको जन्मदिनको अवसरमा आफ्ना पितालाई उपहार स्वरुप कथा संग्रह “अस्तित्व” थमाएका छन् । एक दर्जन समसामयिक नेपाली समाजको कथाहरुको संग्रह“अतित्व” मा छोराको माया देखि माटोको माया र नेपाली हावापानी र नेपाली उर्जाको भाव जागृत भएको पाईन्छ ।