कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्राक्शिरे शयने विद्या हानिमृत्युतथोत्तरे ।
पश्चिमे प्रबले चिन्ता धनआयुश्च दक्षिणे ।।

अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ।

शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन् । उनीहरू यसलाई अर्थहीन ठान्छन्। यद्यपि हाम्रा पितापूर्खाले भन्दै र अनुशरण गर्दै आए, ओछ्यान बनाउँदा सदैव पूर्व वा दक्षिण दिशातर्फ नै सिरानी बनाएर सुते।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरानी बनाए पनि के हुन्छ र ? कसैलाई मतलब भएन । किनभने अहिलेकालाई लाग्यो यी कुरा अन्धविश्वास हुन्, पुरातन रुढी हुन्, तुक नभएका धारणा हुन् । यस्तै मानसिकताका कारण अहिलेका पुस्ताले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनन्। तापनि बूढापाकाले भन्न छाडेनन्– ‘सिरानी जहिले पूर्व वा दक्षिणतर्फ नै बनाउनु पर्छ।’

हाम्रा हरेक धार्मिक मान्यता एवं शास्त्रीय कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेजस्तै सुताइको सवालमा पनि यो कुरा लागू हुन्छ। अर्थात् सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुरामा पनि वैज्ञानिक कारण छ।

पृथ्वीमा चुम्बकीय तत्व हुन्छ। यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ। जब हामी दक्षिणतर्फ शिर राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन्। यही कारण बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन्।

तर, उत्तरतर्फ टाउको फर्काएर सुत्यौँ भने हाम्रो शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ। ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ। यसको साइडइफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ। यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्छ। त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नु पर्छ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो। कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ। यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्छ। जबकी सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो हुँदैन ।

सुत्ने स्थान र सुताइ कस्तो हुनु पर्छ ?

सुत्ने ओछ्यान सही दिशामा सही ढंगले राखेको हुनु पर्छ।
-शयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनु पर्छ ।
-नियमित तालिका अनुसार सुत्ने र उठ्ने गर्नु पर्छ ।
-खाना खाए लगत्तै सुत्नु हुँदैन ।
-सुत्नुअघि मनलाई शान्त बनाउनु पर्छ । व्यवहारिक कुराहरू मनमा खेलाउनु हुँदैन ।
-राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाउनु पर्छ।
-कम्तीमा सात वा आठ घन्टा मस्तले निदाउनु पर्छ।