डेटिङ एपमा भेटिएकी युवतीले बलात्कार मुद्दा हालेपछि ३ तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास

डेटिङ एपमा भेटिएकी युवतीले बलात्कार मुद्दा हालेपछि ३ तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डेटिङ एपमा भेटिएकी युवतीले जबरजस्ती करणीको जाहेरी हालेपछि युवकले तीन तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास गरेको घटना बाहिर आएको छ । साउन ३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएसँगै यस्तो घटना सार्वजनिक भएको हो । 

युवतीका अनुसार सबैभन्दा पहिले उनले ती युवकलाई चिनियाँ डेटिङ एप ‘टनटन’मा भेटेकी थिइन् । कुरा गर्दै जाँदा युवकले भेट्न प्रेरित गरे । र, भेट्दा काठमाडौं ठमेलको एक होटेलमा लगी मदिरा सेवन गराएर जबरजस्ती करणी गरेको युवतीले बयान दिएकी छन् ।

तर, युवकले आफूले जबरजस्ती करणी नगरेको दाबी गरेका छन् । दुवैको सहमतिमा शारीरिक सम्पर्क भएको र पछि आफूले अर्की युवतीलाई मन पराउने कुरा गरेपछि युवतीले प्रहरी कार्यालयमा जाहेरी दिएको युवकको आरोप छ ।