६ दिनमा गर्मीका कारण पाकिस्तानमा ५६८ जनाको मृत्यु

६ दिनमा गर्मीका कारण पाकिस्तानमा ५६८ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। पाकिस्तानमा चर्को गर्मी अन्त्य हुन सकेको छैन। बीबीसी न्यूजका अनुसार पछिल्लो ६ दिनमा यहाँ ५६८ जनाको मृत्यु भएको छ । तीमध्ये मंगलबार (जुन २५) १ सय ४१ जनाको ज्यान गएको थियो। पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीमा २४ जुनमा पारा ४१ डिग्री सेल्सियस थियो।

प्रतिवेदन अनुसार पछिल्लो ३ दिनमा तापक्रममा गिरावट आएको छ। तर, हावामा अत्यधिक आद्रताका कारण आर्द्रता निरन्तर बढिरहेको छ। जसका कारण ४० डिग्रीको तापक्रम पनि ४९ डिग्री जस्तो लाग्छ। विगत ४ दिनमा कराचीको सिभिल अस्पतालमा २६७ जनालाई गर्मीका कारण भर्ना गरिएको छ।

पाकिस्तानी गैरसरकारी संस्था ईधी फाउन्डेसनका प्रमुख फैसलले कराचीमा आफूहरूले ४ वटा शवगृह सञ्चालन गरिरहेको तर शव राख्नको लागि मुर्दाघरमा ठाउँ नै नरहेको बताए। यहाँ दैनिक ३०–३५ शव आउने गरेका छन्। डन न्यूजका अनुसार आपतकालीन सेवाका कर्मचारीहरूले कराचीको सडकमा अहिलेसम्म ३० जनाको शव फेला पारेका छन्।