रुसका ३ स्थानमा भएको आतंकवादी हमलामा १५ जनाको मृत्यु

रुसका ३ स्थानमा भएको आतंकवादी हमलामा १५ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। आइतबार आतंकवादीहरूले रूसको दागेस्तानमा दुईवटा गिर्जाघर, एक सिनेगोग (यहूदी मन्दिर) र एक प्रहरी चौकीमा आक्रमण गरेको छ।

जसमा एक पुजारी र ८ प्रहरी सहित १५ जनाको मृत्यु भएको थियो। २५ प्रहरी पनि घाइते भएका छन् भने ४ आतंककारी मारिएका छन्।

सीएनएनका अनुसार आतंकवादीहरूले ६६ वर्षीय पुजारीको घाँटी काटेका थिए। आक्रमण गरिएका यहूदी मन्दिर र चर्च दागेस्तानको डर्बेन्ट सहरमा छन्, जुन मुस्लिम बाहुल्य उत्तर काकेशसको यहूदी समुदायको गढ हो।

रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिले पनि एक विज्ञप्तिमा आक्रमणको पुष्टि गरेको छ। दागेस्तानको आन्तरिक मामिला मन्त्रालयले हतियारधारी व्यक्तिहरूको समूहले एउटा सिनागग र एउटा चर्चमा गोली चलाएको बताएको छ। जसमा चार आतंकवादी मारिएका छन्। केही फरार रहेकाले खोजी भइरहेको छ।

आक्रमणपछि यहूदी मन्दिरमा आगो लागेको थियो

अलजजीरा न्युज नेटवर्कका अनुसार डर्बेन्टको एउटा सिनेगोग र चर्चमा आतंकवादी हमलाका कारण आगलागी भएको थियो। आक्रमणपछि आक्रमणकारीहरू कारमा भागेका थिए। आतंककारीहरूले अर्को यहूदी मन्दिरमा पनि गोली हानेका थिए। त्यसबेला त्यहाँ कोही थिएन, जसका कारण मानिसको ज्यान जोगिएको थियो ।

रुसी समाचार एजेन्सीले आक्रमणकारीहरू अन्तर्राष्ट्रिय आतंकवादी संगठनका सदस्य भएको बताएको छ। हालसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन।