दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य वि सं २०८१ असार १७ गते सोमवार ||

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य वि सं २०८१ असार १७ गते सोमवार ||

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
वि सं २०८१ असार १७ गते सोमवार इ सं 1 July 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष दशमी तिथि दिउँसो १० : ५२ सम्म त्यसपछी एकादशी तिथी । अश्विनी नक्षत्र ७ : ३४ सम्म त्यसपछी भरणी नक्षत्र।सुकर्मा योग । विष्टी९भद्रा० करण । चन्द्रमा पुर्व दिशामा । मेष राशिमा । राता रंगका । योगिनी उत्तर दिशामा विहान १० : ५२ सम्म त्यसपछी आग्नेय दिशामा । सुर्योदय ५ : १४ मा सुर्यास्त ७ : ०२ बजे । आज दिनभरी रातभरी जन्मने शिशु मेष राशिको हुन्छ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज दिनको पुर्वार्ध सुखद र उत्तरार्ध केही दुखद हुनसक्छ। सन्तान वर्गको शैक्षिक प्रगती एवं पदोन्नतिको समाचार पुर्वार्धमा सुन्न पाइने छ। कुनै जिम्मेवारी पदभार सम्हाल्नु पर्ने पनि हुनसक्छ। मित्रवर्गको साथ र सहयोग रहने छ। दिनको उत्तरार्धमा भने संचित धनको नाश तथा कुनै अप्रिय समाचार सुन्नु पर्ने हुनसक्छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आज चन्द्रमा लक्ष्मी योगमा र मंगलको पराक्रम भावमा दृष्टि परेको हुनाले पुर्ख्यौली सम्पत्ती प्राप्ती सम्बन्धि शुभ समाचार सुन्न पाइने छ। परिवारमा माङ्गलिक कार्यको सुत्रपात हुनसक्छ। नोकरीमा स्थानान्तरणको सम्भावना छ । खाध्यान्न सम्बन्धी व्यवसायीहरुको लागि आर्थिक हिसाबले स्वर्णी
म दिन रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
दिन राम्रै छ । केतुका साथ चन्द्रमाको अनुकुल सम्बन्ध रहनाले यश किर्ती बढ्ने र अर्थलाभ हुने खालका कामहरु आजै सम्पन्न हुनेछन् । गुरुसँगको राहुको खराब अवस्थितिमा चन्द्रमाको प्रभाव परेको हुँदा आफन्तसँग भने सम्बन्ध टुट्न सक्ने खतरा पनि बनेको देखिन्छ । भगवान नारायणको दर्शन पुर्वक ॐ नमो भगवते वासुदेवाय यो मन्त्रलाइ कम से कम ५४ पटक जप्दा सम्भावित समस्या हटेर जानेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन अपरान्ह पछाडी साझेदारी कामबाट लाभ मिल्नुका साथै पठन पाठनमा सफलता र आर्थिक लाभ मिल्ने योग मंगल र चन्द्रमा ग्रहद्वारा घटित भैरहेको छ । वैदेशिक क्षेत्रका काममा भने चन्द्र शनिको प्रतिकुल सम्बन्धको कारण असफलता मिल्न सक्छ । ॐ उन्मत्तभैरवाय नम यो मन्त्रको कम से कम १०८ पटक जप गरेर कार्य आरम्भ गरेमा सम्भावित अवरोध हट्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दिन शुभ फलदाता रहेको छ । अधुरा रहेका कामहरु पूरा हुनुका साथै नयाँ कामको थालनी हुनेछ।मध्यान्ह पछाडी भने चन्द्रमा र मंगल ग्रहको कारण आफन्तजनसँग लेनदेनसम्बन्धी विबाद होला कि जस्तो छ । नोकरीमा स्थानान्तरणका साथै पदोन्नती सम्भव छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
दिन राम्रै छ। वैदेशिक काम बन्नुका साथै आर्थिक लाभ समेत हुनेछ। राहु शुभ फलदायी रहनाले शरीर स्वस्थ्य रहने सोचे अनुरुप नै धनलाभ समेत हुने देखीन्छ । शुभ कर्ममा मन जानेछ । मध्यान्ह पछि भने नसोचेको ठाँउमा खर्च गर्नुपर्ने हुनसक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
दिन सामान्य रहेको छ । नोकरी र वैदेशिक क्षेत्रका काममा लागेका व्यक्तिहरुले तनावका वावजुद काममा सफलता पाउनुहुनेछ । अल्छिपना बढ्नाले पढाइमा मन नजान सक्छ । सामाजिक कामबाट भने यश मिल्ने देखिन्छ ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
राशी मध्यम दिन रहेको छ । बृहस्पति अनुकुल हुनाले आम्दानी बढ्नेछ । अध्ययन अध्यापन कार्य सफल रहने छ । नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । कुटुम्ब वृद्धिका साथै साथिभाइ र अफन्तको सहयोग मिल्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आज हजुरले शंकरजीको दर्शन र पुजा गरि दिनको आरम्भ गर्नुभए धेरै राम्रो हुनेछ । रोकिएका आम्दानिका श्रोतहरु आजापरान्ह पछाडी खुल्नेछ्न । गाडी वाहनबाट लाभ मिल्नेछ । कुकुर तथा विशालु जनावरबाट भने खतरा हुनसक्छ। परिवारमा नयाँ सम्बन्धको सुत्रपात समेत हुनसक्छ। टाढा रहेका मित्रसँग सम्बन्ध बनाउदा राम्रो हुन्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
समय मध्यम छ। द्वितीय शनिको कारण भैरहेको आर्थिक लाभमा थप वृद्धि हुनेछ।पारिवारिक मन मुटावका कारण मन खिन्न हुन सक्छ। शत्रुबाट सचेत रहनुहोला । सम्भावित घटना निराकरणका लागि आज पिपलमा पानी चडाइ कालो कुकुरलाइ खाना खुवाउनु उचित देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
मध्यम समय छ मंगल र चन्द्रमाको लक्ष्मी योग पराक्रम भावमा रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
चन्द्रमा आज धन भावमा मंगलको साथमा भएकोले अर्थलाभ एवं मान सम्मान मिल्ने योग परेको देखिन्छ। आँटेका कामहरु अपरान्ह पछि पूरा हुनेछन् आम्दानीका नयाँ श्रोतहरु खुल्न सक्छ्न आर्थिक हिसाबले पशु चौपाय पालन सम्बन्धी कामको आरम्भ गर्न आजको दिन शुभ मानिएको छ।